कोरोना ल्याबमा कार्यरत झापा शिवसताक्षीकी स्वास्थ्यकर्मीको मृत्यु

Lab tech jhapa

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट ल्याबमा कार्यरत स्वास्थ्यकर्मीको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिका ६ की २५ वर्षीया युवतीको मृत्यु भएको हो ।

युवती झापाको दुधेस्थित एक स्वास्थ्य संस्थाको ल्याबमा कार्यरत थिइन् । उनमा पहिले कुनै दीर्घरोग नभएको परिवारका सदस्यले बताएका छन् । पछिल्लो समय स्वास्थ्य क्षेत्रमा कार्यरतहरुमा तीव्ररुपमा कोरोना संक्रमण फैलिएको छ ।

ती युवतीको गएराति नोबेल अस्पताल बिराटनगरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । कात्तिक १३ गते कोरोना पुष्टि भएपछि उनको उपचार सुरु गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...