बाँकेमा एकैदिन ४ सङ्क्रमितको मृत्यु

Corona

नेपालगन्ज । बाँकेमा उपचाररत चार कोरोना सङ्क्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका ८, शमशेरगन्जका ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका १, कैलालीका ५६ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका १० दाङका २० वर्षीया महिला र तुलसीपुर ५, दाङका ७६ वर्षका पुरुषको उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, श्वासप्रश्वास प्रक्रियामा समस्या आएपछि भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका शमशेरगन्जका ४८ वर्षीय पुरुषको शुक्रबार साँझ ५ः२० बजे मृत्यु भएको हो । त्यस्तै दाङका ७६ वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा शुक्रबार साँझ ६ः४० बजे उपचारकै क्रममा मृत्यु भएको थियो भने कैलालीकी ५६ वर्षीया महिलाको शिक्षण अस्पताल कोहलपुरमै दिउँसो २ः४५ बजे र दाङकी २० वर्षीया महिलाको दिउँसो ३ः२० बजे मृत्यु भएको हो ।

सङ्क्रमित बिरामीलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारको उपचार दिँदै गर्दासमेत अवस्थामा सुधार नआएपछि कोभिड आईसीयूमा उपचारकै क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए । योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आई उपचारका क्रममा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ भने बाँकेका ३५ सङ्क्रमितको उपचारको क्रममा मृत्यु भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...