कोरोना संक्रमणबाट धरानमा थप दुई जनाको मृत्यु

Dead ihx8ctnygo 19

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकामा कोभिड संक्रमणका कारण दुई जना महिलाको मृत्यु भएको छ। धरान–९ की ६७ वर्षीया र वडा नम्बर १६ की ८१ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार साँझ मृत्यु भएको हो ।

६७ वर्षीया महिला बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थिइन् । दीर्घ रोग रहेकी महिलाकात्तिक १८ गते भर्ना भएकी थिइन्। उनलाई १९ गते कोरोना पुष्टि भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए। उनको शुक्रबार साँझ ६ बजे मृत्यु भएको हो ।

त्यसैगरी, ८१ वर्षीया महिलामा उच्च रक्तचाप रहेको अस्पताले बताएको छ। कात्तिक १९ गते कोरोना पुष्टि भएपछि उनी २० गते कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । योसँगै बीपी प्रतिष्ठानमा कोभिड संक्रमितको मृत्यु हुनेको संख्या ९२ पुगेको छ । कोभिडबाट सुनसरीमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

प्रतिकृया दिनुहोस