रौतहटमा आज राति १२ बजेदेखि निषेधाज्ञा, मंसिर १७ गतेसम्म जिल्लाभर लागू हुने

Nisedhagya bara 1 768x553

रौतहट । रौतहट जिल्लाभरी लागू हुनेगरी अगामी मंसिर १७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लामा कोरोनाबाट मर्नेको संख्या र संक्रमित बढेसँगै निषेधाज्ञा जारी गरेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ३ तथा संक्रामक रोग ऐन २०२० को दफा ३ र ४ अनुरुप आज राती १२ बजेदेखि लागू हुनेगरी मंसिर १७ गते सम्मको लागी निषेधाज्ञा जारी गरिएको हो ।

रौतहट जिल्लामा कोभिडबाट १४ जनाको ज्यान गइसकेको तथा हाल १ सय ७४ जना संकृय संक्रमित रहेको रहेका छन् । दिपावली छठ तथा बागमती नदीमा लाग्ने पूर्णिमा पर्वमा भीडभाड नगरी यसवर्ष घरमै बसेर चाडपर्व मनाउन सिडियो ईन्द्रदेव यादवद्वारा हस्ताक्षरित सूचनामा उलेख छ ।

कोभिड १९ को संक्रमण न्युनिकरण गर्न स्वास्थ र सुरक्षा मापदण्ड तथा प्रोटोकलको पालना गर्दै जनजीवन अनुकूल तुल्याउन आवश्यक देखिएको हुँदा निषेधाज्ञा जारी गरिएको सूचनामा उल्लेख छ ।

सूचानमा निषेधाज्ञा अवधिमा सार्वजनिक खेलकुद, नाच तमासा, मेला भिडभाड, जात्रा महोत्सव, भोज भतेर, हाटबजार, सभा र जुलुस प्रदर्शन नगर्न अनुरोध गरिएको छ । साथै विधालय शिक्षा सम्बन्धी आकास्मिक कार्ययोजना, २०७७ तथा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ विपरित कार्य नर्गन समेत अनुरोध गरिएको छ ।

 

प्रतिकृया दिनुहोस