कोरोना संक्रमितको निः शुल्क उपचार गर्न संसदीय समितीको निर्देशन

5532332131

काठमाडौँ । संघीय संसद्अन्‍तर्गत प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।

समितिको निर्देशनपछि स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयले कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्नेसम्बन्धी प्रस्ताव छिटै मन्‍त्रिपरिषदमा लैजाने भएको छ। समितिमा उपस्थित सचिव लक्षमण अर्यालले मन्‍त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिएका हुन्।

यसअघि सर्वोच्च अदालतले पनि कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई परमादेश दिएको थियो। आदेशविरुद्ध सरकारले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधबार खारेज गरेको थियो।

कोरोना संक्रमित सर्वसाधारणको उपचारबाट पन्छिने गरी असोज १९ को मन्त्रिपरिषदको निर्णयको सबैतिरबाट विरोध र आलोचना भएको थियो। बैठकमा सहभागी सांसदहरुले स्वास्थ्य संकट (हेल्थ इमर्जेन्सी) घोषणा गर्न प्रस्ताव गरेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...