खुसीको खबर : कोरोना भाइरसविरुद्धको खोप फेब्रुअरीसम्म बजारमा आउने

Corona covacin india

काठमाडौं । भारतको बायोटेक कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप फेब्रुअरीसम्म बजारमा आउने भएको छ ।

कोरोना भाइरसविरुद्धको खोप (को–भ्याक्सिन) फेब्रुअरीसम्म बजारमा आउन लागेको हो । न्युज एजेन्सी रोयटर्सका अनुसार भारत सरकारसम्बद्ध वैज्ञानिकहरुले यस्तो जानकारी दिएका हुन् ।

यसअघि बायोटेक कम्पनीले सन २०२१ को अप्रिल वा जुनसम्म कोरोनाविरुद्धको खोप तयार हुने बताएको थियो । समाचार अनुसार को–भ्याक्सिनको तेस्रो चरणको परीक्षण यहि महिनाबाट सुरु हुँदैछ । यसका लागि ड्रग्स कन्ट्रोलर जनरल अफ ईण्डियाबाट अनुमति प्राप्त भैसकेको छ ।

को–भ्याक्सिनको तेस्रो तथा अन्तिम चरणको परीक्षण १० देखि १२ वटा राज्यका २५ स्थानमा गरिने बायोटेकका एक्ज्युकेटिभ डाइरेक्टर साइ प्रसादले बताएका छन् ।

प्रतिकृया दिनुहोस