मुटु र कलेजोलाई स्वस्थ राख्न लसुन, अन्य फाइदाहरु

Lasun.2020 01 27 01 27 37

एजेन्सी । तरकारीलाई बास्ना दिन र स्वादिष्ट बनाउन लसुनको प्रयोग गर्ने गरिन्छ । भोजनको स्वाद बढाउनका साथै औषधिय गुण पनि हुने भएकाले यसको महत्व निकै धेरै हुने गर्छ । लसुन एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । लसुनमा भिटामिन सी, बी–६, म्याग्निज र सेलेनियम जस्ता पोषक तत्त्वहरु पाइन्छ । यसले उच्च रक्तचाप कम गर्ने, कोलेस्ट्रोल नियन्त्रण गर्ने, मुटुरोग, स्ट्रोक, क्यान्सर जस्ता अंगहरुमा संक्रमण हुनबाट जोगाउँछ ।

अन्य फाइदाः
रोग प्रतिरोधात्मक क्षमता बढाउन
शरीर स्वस्थ राख्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन आवश्यक हुन्छ । लसुनमा पाइने यौगित गुणले रोग प्रतिरोधात्मक क्षमता बढाउन लाभदायी हुन्छ । जति पुरानो लसुन भयो उति नै स्वास्थ्यलाई फाइदा गर्छ । यो बाहेक लसुन खाँदा शरीरमा विभिन्न प्रकारका रोेगप्रतिरोधी कोशिकाहरुको विकास हुन्छ ।

उच्च रक्तचाप
लसुनमा पाइने बायोएक्टिभ सल्फर यौगिक, एस–एललिस्सीस्टीन जस्ता पदार्थले उच्च रक्तचापलाई १० एमएमएचजी (सिस्टोलिक प्रेशर) र ८ एमएमएचजी (डायलोस्टिक प्रेशर) सम्म कम गर्न मद्दत गर्छ । सल्फरको कमीबाट हुने उच्च रक्तचापको समस्यामा हुने आर्गनोसल्फर यौगिकहरुको पूरा गर्नको लागि पनि मद्दत गर्छ ।

मुटु स्वस्थ राख्न
हरेक दिन लसुन खाँदा कोलेस्ट्रोल खराब हुनबाट १५ प्रतिशत कम गर्छ । यसले खराब कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्छ ।

आन्द्रालाई स्वस्थ राख्न
लसुनको सेवनले पेट र आन्द्रा स्वस्थ राख्छ । यसमा हुने एन्टिमाइक्रोबायल गुणले आन्द्रालाई लाभकारी माइक्रोफ्लोरा र हानिकारक एन्टिरोब्याक्टेरियाबीचमा अन्तर पैदा गरेर हानिकारक ब्याक्टेरिया बन्नबाट जोगाउँछ ।

हड्डी मजबुत गर्न
लसुनले शरीरमा क्याल्शियमको कमी पूरा गर्छ । जसले हड्डिहरुलाई कमजोर हुनबाट बचाउँछ । यसका साथै, लसुनमा हुने सल्फर यौगिक म्या एन्टीइन्फ्लेमेटरी र एन्टिअर्थराइटिक गुणले जोर्नी कमजोर हुने समस्या कम गर्छ ।

कलेजो स्वस्थ राख्न
जसको कलेजोमा समस्या हुन्छ । ती व्यक्तिले सीमित मात्रामा लसुनको सेवन गर्नुपर्छ । लसुनको तेलमा एन्टिअक्सिडेन्ट हुने भएकाले कलेजो सुन्निने समस्या कम हुन्छ ।

 

प्रतिकृया दिनुहोस