प्रेस स्वतन्त्रता सेनानी तथा पत्रकार महासंघका संस्थापक बर्माको कोरोना संक्रमणबाट निधन

Sitaram prasad barma

काठमाडौं । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष तथा सामाजिक व्यक्तित्व सीतारामप्रसाद बर्माको निधन भएको छ । कोरोना संक्रमण देखिएपछि केही दिन अघिदेखि काठमाडौंको किष्ट अस्पतालमा उपचाररत बर्माको शुक्रबार बिहान निधन भएको हो ।

उनले प्रेस स्वतन्त्रता सेनानीको सम्मान पनि पाएका थिए । जीवनको झण्डै तीन दशक पत्रकारितामा सक्रिय बर्माले केही समयअघि कोरोना संक्रमणबाट आफ्नो पत्नीलाई गुमाएका थिए । बर्मा धादिङबाट राष्ट्रिय समाचार समितिमा विगत २७ वर्षदेखि जिल्ला संवाददाताको रुपमा कार्यरत थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...