बिहीबार काठमाडौँ उपत्यकामा थपिए १३९८ कोरोना संक्रमित

Corina virus

काठमाडौँ । काठमाडौँ उपत्यकामा बिहिबार थप १ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १ हजार ९१ भक्तपुरका १ सय ४७ तथा ललितपुरका १ सय ६० जनामा संक्रमण पुष्टि भएको हो।

हाल काठमाडौँमा १६ हजार ३ सय ३१, भक्तपुरमा १ हजार २ सय ४८ र ललितपुरमा २ हजार २ सय ७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन्।

 

प्रतिकृया दिनुहोस