पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना पुष्टि

254535

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ३ हजार ४ सय ३० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ४८ हजार ४ सय ४ पुगेको छ।

पछिल्लो २४ घण्टामा जनाको १३ हजार ६८ पीसीआर परीक्षण गरिएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय १४ रहेको छ भने १ हजार २ सय ३२ जना क्वारेन्टिनमा छन्।

पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोनाबाट मृत्यु भएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ५२ पुगेको छ।

 

प्रतिकृया दिनुहोस