भारतीय सेनाद्धारा नेपाली सेनालाई भेन्टिलेटरसहितको स्वास्थ्य सामग्री हस्तान्तरण

Manoj mukunda narawane janngi adda help 4

काठमाडौँ । भारतीय सेनाले नेपाली सेनालाई केही थान भेन्टिलेटरसहित स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले बिहीबार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

उनले सैनिक मुख्यालयमा भएको कार्यक्रममा उनले भेन्टिलेटरसहितका स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

केही भेन्टिलेटरसहित दुईवटा फिल्ड अस्पताल स्थापनाका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री भारतीय सेनाले प्रदान गरेको हो ।

नरवणेले भारत सरकारको तर्फबाट एक्सरे मेसिन, रेडियोग्राफी सिस्टम, आइसीयू भेन्टिलेटर भिडियो इन्डोस्कोपी युनिट, एनेस्थेसिया मेसिन, प्रयोगशालाका सामग्रहरु, एम्बुलेन्ससहितका सामग्री प्रदान गरेका हुन् ।

 

 

प्रतिकृया दिनुहोस