राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा गुरु र आमाको हातबाट दशैंको टीका ग्रहण

Bidhya devi bhandari tika lagaudai

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गुरु र आमाको हातबाट दशैंको टीका लगाएकी छन् ।

राष्ट्रपति भण्डारीले गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेको हातबाट १० बजेर १९ मिनेटको शुभसाइतमा टीका र जमरा ग्रहण गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले आमा मिथिला पाण्डेका हातबाट पनि राष्ट्रपति कार्यालय, शीतल निवासमा विजयादशमीको टीका र जमराका साथै आशीर्वाद ग्रहण गरिन् ।

राष्ट्रपतिका स्वकीय सहसचिव शिव भट्टराईका अनुसार सो अवसरमा राष्ट्रपति भण्डारीले छोरीज्वाइँहरु उषाकिरण, निशाकुुसुम, उमेश थापा र अभिषेक यादव तथा दुई नातिनी एवं पाश्र्ववर्तीहरुलाई पनि टीका लगाइदिएकी थिइन् ।

अघिल्ला वर्षहरुमा जस्तो सरकार प्रमुख र सर्वसाधारणलाई राष्ट्रपतिले टीका लगाइदिने कार्यक्रम भने यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण स्थगित गरिएको छ । फाइल फोटो

प्रतिकृया दिनुहोस