दशैंमा काठमाडौं छोडने केही बढे, बसपार्कमा भने सुनसान

Naya bus park ktm

काठमाडौं । दशैँ सुरु भएयता गएको २४ घण्टामा उपत्यका छाड्नेको संख्या अहिलेसम्मकै धेरै भएको छ । घटस्थापनाको दिन २१ हजार ६ सय २ जना उपत्यका बाहिर गएकामा त्यसयता दैनिक बढ्दै गएको हो ।

कोरोना कहरले यो पटक दशैंमा घर जानेहरुको संख्या त घटेको छ नै, जसको प्रभाव बसपार्कमा परेको छ । बसपार्कमा बसहरु पार्किङ गरेर राखिएका छन् भने यात्रुहरुको चाप देखिँदैन ।

पछिल्लो २४ घण्टामा ४८ हजार ९८ जनाले काठमाडौं छाडेका छन् । यसअघि शुक्रबार ३३ हजार ४ सय ४६ जनाले उपत्यका छाडेका थिए ।

द्वितीयामा २१ हजार ४ सय ७८ जना, तृतीयामा २३ हजार ३ सय ९२ जना, चतुर्थीमा २३ हजार ३ सय ८३ जना, पञ्चमीमा २२ हजार २ सय ९९ जना र षष्ठीमा २५ हजार २ सय १८ जना काठमाडौं उपत्यकाबाट बाहिर गएका छन् ।

योसँगै दशैँको ८ दिनमा २ लाख १८ हजार ९ सय १६ जनाले उपत्यका छाडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । गएका वर्षहरुमा घटस्थापनापछि दैनिक एक लाखभन्दा धेरैले उपत्यका छाड्ने गरेका तथ्याङक छ ।

 

प्रतिकृया दिनुहोस