मझगाउँ विमानस्थल सञ्चालनका लागि दश प्रतिशत रकम नगरपालिकाले व्यहोर्ने

Airport 2

काठमाडौँ । सशस्त्र द्वन्द्वका क्रममा सुरक्षाको कारण देखाउँदै बन्द भएको कञ्चनपुरको भीमदत्त नगरपालिकाको मझगाउँस्थित विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १० प्रतिशत रकम महाकाली नगरपालिकाले व्यहोर्ने भएको छ ।

विमानस्थल सञ्चालन गर्न बसेको नगरपालिकाको बैठकले नेपाल नागरिक तथा हवाई उड्ययन प्राधिकरण र स्थानीय तहको लागत साझेदारीमा विमानस्थल निर्माण तथा सञ्चालनका लागि लाग्ने कूल रकममध्ये १० प्रतिशतले हुन आउने रकम लागत साझेदारी स्वरुप व्यहोर्ने प्रतिबद्धता जाहेर गर्ने निर्णय गरेको छ ।

प्राधिकरणले आगामी फागुनदेखि बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि कार्य अगाडि बढाउने तयारी गरेको छ । प्राधिकरणले विमानस्थल सञ्चालन गर्नका लागि स्थानीय तहको साझेदारी अपेक्षा गरेपछि महाकाली नगरपालिकाले खर्च व्यहोर्ने प्रतिबद्धता गरेको हो । महाकाली नगरपालिकाका प्रमुख वीरबहादुर सुनारले यस क्षेत्रको विकासका लागि विमानस्थल सञ्चालन हुनुपर्ने बताए ।

गत आवमा समेत नगरपालिकाले विमानस्थल सञ्चालनका लागि रु १० लाख बजेट विनियोजन गरेको थियो । केही दिनअघि प्राधिकरणको प्राविधिक टोलीले विमानस्थल सञ्चालनका लागि निरीक्षणको कार्य गरेको छ । बन्द विमानस्थल सञ्चालनका लागि गत वर्ष सम्भाव्यता अध्ययनको कार्यसमेत गरिएको थियो

प्राधिकरणले विमानस्थल सञ्चालनका लागि रनवे, टर्मिनललगायत भौतिक संरचना निर्माण गर्न रु ३७ करोड बजेट अनुमान गरिएको छ । गत वर्ष प्राविधिक समितिले ती सबै संरचनासहित विमानस्थल सञ्चालनका लागि रु ६४ करोड बजेट चाहिने अनुमान गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...