ललितपुरमा आइतबारदेखि ‘सेमी लकडाउन’ हुँदै, अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

Cdo office lalitpur

काठमाडौं । जिल्लामा अत्याधित रुपमा कोरोना संक्रमण फैलिएपछि ललितपुरमा ‘सेमी लकडाउन’ हुने भएको छ । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै आइतबारदेखि ललितपुर जिल्लामा ‘सेमी लकडाउन’ हुने भएको हो ।

कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सेवा प्रवाह स्थगित गर्ने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी), सबै सरोकारवाला निकायसँगको छलफल, परामर्श एवं निष्कर्षका आधारमा अनिश्चितकालका लागि सार्वजनिक सेवा प्रवाह स्थगित गर्ने निष्कर्ष निकालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरस संक्रमणको दर अत्याधिक बढिरहेको अवस्थामा सार्वजनिक सेवा प्रवाह गर्दा सेवाग्राहीहरुको भिडभाड अत्याधिक बढ्न गई सेवाग्राहीमा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेकाले सेवा प्रवाह स्थगित गर्नुपरेको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

ुकोभिड १९ को संक्रमणले भयावह रुप लिन सक्ने अवस्थालाई मध्यनजर गरी जिल्ला कोभिड १९ संक्ट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), सबै सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ, सुरक्षा निकायसमेत सँगको छलफल, परामर्श एवं निष्कर्षका आधारमा मिति २०७७/०७/०२ गतेबाट अर्को सूचना नभएसम्मका लागि यस जिल्लाभित्र अत्यावश्यक सेवाहरु बाहेकका सेवाप्रवाह स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ, सूचनामा उल्लेख छ ।
यस्तो छ सुचन

 

प्रतिकृया दिनुहोस