बिहीबार थप ४५७ कोरोना संक्रमित उपचारपछि निको

Corona free

काठमाडौं । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ४ सय ५७ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ५ सय ५७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

त्यस्तै देशभर सक्रिय संक्रमितहरुको संख्या १८ हजार ४ सय ३७ रहेको छ । यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ हजार ८ सय २३ रहेको छ ।यस्तै होम आइसोलेसनमा रहनेको संख्या ९ हजार ८ सय २३ रहेको छ भने संस्थागत आइसोलेसनमा ८ हजार ६ सय १४ जना छन् ।

पछिल्लो २४ घण्टामा देशभर ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल ९ लाख ५५ हजार ९ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...