हुम्लाको सीमामा हराएको भनिएको ११ नम्बर पिल्लर भेटियो

Thumb (1)

काठमाडौं । हुम्लामा पर्ने नेपाल चीन सीमा ११ नम्बर पिल्लर फेला परेको छ । प्रमुख जिल्ला अधिकारी चिरिञ्जीवी गिरीको नेतृत्वमा खटिएको सीमा निरीक्षण टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमीको माथि ताकु लेकमा पिल्लर भेट्टाएको गाउँपालिका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।

२०१९ सालमा गाडिएको उक्त पिल्लर रहेको ठाउँ समुन्द्री सतहबाट ५ हजार २ सय २० मिटर उचाइमा छ। त्यहाँ पुग्न हिल्साबाट ६ घण्‍टा लाग्छ। गाउँपालिका अध्यक्ष लामाका अनुसार २०६४ सालदेखि हराएको पिल्लर सशस्त्रले खोजिरहे पनि भेटाएको थिएन ।

सीमामा पर्ने लाप्चा क्षेत्रमा चिनियाँ पक्षले एकतर्फी रुपमा ९ वटा भवन बनाएको सार्वजनिक भएपछि सो भूमिको निर्क्यौल गर्न नेपाली पक्षले पिल्लरको खोजीलाई तीव्र बनाएको थियो ।

शनिवार सीडीओ गिरीको नेतृत्वमा सशस्त्र प्रहरी डीएसपी मोहन विष्ट, नेपाल प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकारीहरुको टोली जिल्ला सदरमुकाम सिमिकोटबाट सीमा निरीक्षण तथा पिल्लर खोज्न हिँडेको थियो। गाउँपालिकाको टोली पनि उनीहरुसँगै गएको थियो ।

गाउँपालिका अध्यक्ष लामा भने चिनियाँ पक्षले बनाएको भवनहरु हेरेर सोमवार फर्किएका थिए । लामाले पिल्लर भेटिए पनि चिनियाँ पक्षले बनाएको भवन कहाँ पर्छ भन्ने निर्क्यौल जिल्लाको टोली फर्किएपछि थाहा हुने बताए ।

‘माथिको टोली फर्किसकेपछि त्यो भूमि कता पर्छ भन्ने थाहा हुन्छ,’ उनले भने । लामालाई चिनियाँ सीमबाट पिल्लर फेला परेको तस्विर हिजो साँझ नै आइसकेको छ । त्यहाँ नेपाली सीमले भने काम गर्दैन । जिल्लाको टोली आज साँझसम्म आइपुग्ने उनको भनाई छ ।

जिल्लाको टोलीलाई तत्कालीन सीमा प्रशासन कार्यालयका मुखिया छवाङ छवाङ टोक्केल लामाले पिल्लर भएको क्षेत्रबारे गाइड गरेका थिए । उनको सूचनाका आधारमा टोलीले पिल्लर फेला पारेको हो । छवाङले २०५१ र ५२ सालमा ११ नम्बर पिल्लरको निरीक्षण गरेका थिए। त्यसपछि सीमा प्रशासन कार्यालयलाई जिल्ला प्रशासन मातहत गाभिएपछि सीमा निरीक्षण पनि प्रभावित भयो ।

लाप्चा क्षेत्रमा राज्यको शून्य उपस्थिति छ । त्यहाँ सशस्त्रको बीओपी राख्नुपर्ने माग उठ्दै आएको छ । हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमालले पनि सीमा निरीक्षणमा गएको टोली आज फर्किने जानकारी दिए । ‘सीडीओसाप आएपछि सबै कुरा सार्वजनिक गर्छौं,’ उनले भने ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...