केन्द्रिय कारागारमा जैसवालको मृत्युपछि कोरोना पुष्टि, मृत्युको छानविन गर्न परिवारको माग

Bir hospital police

काठमाडौं । केन्द्रीय कारागार सुन्धारामा रहेका एक कैदीको गत असोज ३ गते उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएपछि आफन्तले हत्या भएको आरोप लगाएका छन ।

रुपन्देही भैरहवाका ६३ वर्षीय राजलखन जैसवालको असोज ३ मा मृत्यु भएको थियो । जैसवाल कर्तव्य ज्यान मुद्दामा ८ वर्षदेखि सजाय काटिरहेका थिए । तर, उनको परिवारले जैसवालको हत्या भएको आरोप लगाएको छ ।

प्रहरीले लाश हेर्न नदिएको बल गरेर हेर्दा लाश पुरै क्षतविक्षत अवस्थामा रहेको पाइएको परिवारले बताएको छ । शवको दुबै आँखा फुटेको र घाँटीमा चोटसमेत रहेको भन्दै परिवारले घटनाको छानविन गर्न माग गरेको छ ।

प्रहरीले भने जैसवाललाई श्वासप्रश्वासमा समस्या देखिएपछि ३ गते बेलुका साढे ९ बजे केन्द्रीय कारागारकै अस्पतालमा लगिएको र अस्पतालले वीर अस्पताल लग्न भनेपछि लगत्तै वीर अस्पताल लगिएको थियो ।

उनी पारकिन्सन् रोगबाट ग्रसित थिए । अस्पताल पुर्याएको करिब आधा घण्टापछि उपचारकै क्रममा उनको मृत्यु भयो । उनको मृत्युपछि कोरोना परीक्षण गर्दा सोमबार कोरोना पोजेटिभ देखिएको केन्द्रीय कारागारले जनाएको छ ।
लाई मृत्युपछि कोरोना संक्रमण पनि पुष्टि भएको थियो

प्रतिकृया दिनुहोस