सहकारी संस्थाले कात्तिक १५ गतेदेखि १४.७५ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने निर्णय

Sahakari

काठमाडौं । सहकारी विभागले सहकारी संस्थाहरुहरुले ऋणमा अधिकतम १४.७५ प्रतिशत व्याजदर लिन पाउने गरी सन्दर्भ व्याजदरको लागू गरेको छ। सन्दर्भ व्याजदर निर्धारण समितिको सोमबार बसेको बैठकले कात्तिक १५ गतेबाट लागू हुनेगरी व्याजदरको सीमा घटाएको हो ।

विभागले गत वर्ष साउनमा १६ प्रतिशतभन्दा धेरै ब्याज लिन नपाउने गरी सन्दर्भ ब्याजदर लागू गरेको थियो । एकवर्षपछि विभागले व्याजदर पुनरावलोकन गरेको हो । तर, अहिले पनि सहकारीहरुले तोकिएको भन्दा महंगोमा ऋण लगानी गर्दै आएका छन् ।

पछिल्लो समयमा बैंकिङ प्रणालीमा तरलता उच्च भएर व्याजदर घट्नुका साथै नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको ऋणमा १५ प्रतिशत ब्याजदरको सीमा तोकेपछि सहकारीको ब्याजदर पनि घटाउन दवाव परेको थियो । तर, सहकारी संघसंस्थाहरुले भने कोभिडको कारण देखाउदै नघटाउन दवाव दिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...