आजदेखि उपत्यकामा व्यापार व्यवसाय खुला, यातायातमा भने जोर विजोर कायमै

Kathmandu

काठमाडौँ । उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गईरहेको बेला जनस्वास्थ्यमा गम्भिर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड–१९ को संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रणका लागि आजदेखि(असोज १ गते) उपत्यकामा पसल खोल्न पाइने जोर विजोर गरी यातायातका साधन चलाउन पइने भएको काठमाडौं जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य मापदण्डको पूर्ण कार्यान्वयन गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । काठमाडौँमा सञ्चालन हुने सार्वजनिक तथा निजी सवारी साधन नेपाल सरकारले तोकेको मापदण्ड अनिवार्य पालना गर्दै जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न प्र्रशासनले सबैमा अनुरोध गरेको छ ।

अत्यावश्यक सेवा कार्यालय आवतजावत र ढुवानीका साधनमा भने जोरबिजोर लागु नहुने प्रशासनले बुधबार सूचना जारी गरी स्पष्ट पारेको छ । प्रशासनले खुला स्थानमा भीडभाड, सभाजुलुस गर्नगराउन, जात्रा, मेला, महोत्सव, भोजभतेर सञ्चालन गर्न तथा धार्मिक क्षेत्रमा दैनिक नित्य पूजाबाहेकका गतिविधि, बढी भीडभाड हुने उद्योग, कलकारखाना, व्यापार, व्यवसाय सञ्चालन गर्न भने निषेध गरेको छ ।

यस्तै चाडपर्वलगायत धार्मिक तथा सांस्कृतिक कार्यक्रममा हुने जमघट, शैक्षिक संस्था सञ्चालन, सबै प्रकारका गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, ब्यूटी पार्लर शैलुन, स्पा, स्वीमिङ पुल जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, चिडियाखाना तथा सङ्ग्रहालय सञ्चालनमा रोक लगाइएको पुरानै व्यवस्थालाई कायम गरिएको छ ।

व्यापारव्यवसायमा स्वास्थ्य मापदण्ड विपरीत मजदूरलाई ओसारपसारमा समेत रोक लगाइएको छ । दैैनिक क्रियाकलाप गर्दा मास्कको प्रयोग अनिवार्य गर्न, नियमित साबुनपानीले हात धुन या सेनिटाइजरको प्रयोग गर्नसमेत अनुरोध गरिएको छ ।

भौतिक दूरी कायम राखेर दैनिक गतिविधि सञ्चालन गर्नसमेत आग्रह गरिएको छ । सो विषयमा दैनिक अनुगमन गरिने र कैफियत देखिए कानूनअनुसार कारवाही हुने काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज भदौ ३ गते शनिबार, श्री शनिदेवको दर्शन गर्दै हेर्नुस् आज यस्तो छ तपाईको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)सम्मान प्राप्त हुनेछ । साहित्य लेखनमा रुचि बढ्नेछ । पराक्र...