कोरोनाबाट काठमाडौं र रामेछापका दुई जनाको मृत्यु

Corona death1

काठमाडौँ । कोरोनाबाट काठमाडौं र रामेछापका एक–एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ ३० गते उनीहरुको ललितपुरका अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । भदौ २९ गते सुमेरु अस्पतालमा भर्ना भएकी काठमाडौंकी ८१ वर्षीया महिलाको मंगलबार मृत्यु भएको हो ।

यस्तै,निदान अस्पतालमा उपचाररत रामेछापका ३६ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनी भदौ २४ गते अस्पतालमा भर्ना भएका थिए ।

 

 

प्रतिकृया दिनुहोस