शिक्षण अस्पतालका एकतिहाइ शैय्या आइसोलेसनका लागि

Tuth mjnfbonyru

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशभरिका शिक्षण अस्पताललाई एकतिहाइ शैय्या आइसोलेसनका लागि छुट्याउन अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरि कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमित राख्नका लागि अस्पतालले छुट्टै भवन वा कक्ष तोकी स्वीकृत सङ्ख्याको एकतिहाई हुन आउने श्यया सङ्ख्या छुट्याइ उपचारको व्यवस्था तत्कालन मिलाउन अनुरोध गरिएको जानकारी दिए ।

हिजो (शुक्रबार) पनि सबै निजी अस्पताललाई सङ्क्रमित राख्नका लागि २० प्रतिशत शैय्या छुट्याउन अनुरोध गरेको थियो ।

प्रतिकृया दिनुहोस