दुई ट्रकमा आगलागी

Truck

वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित औद्योगिक क्षेत्रमा रहेका दुई ट्रकमा आज आगलागी भएको छ ।

औद्योगिक क्षेत्रमा रहेको भ्यालिट प्यालेट दाना उद्योग अगाडि रोकेर राखिएका ट्रकमा आगलागी भएको प्रहरीले जनाएको छ ।

मकै लोड गरी राखिएको ना ५ प ६५०३ तथा ना ६ ख ७८२६ नम्बरको ट्रकमा प्राविधिक कारण आगलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

आगलागीबाट ना ६ ख ७८२६ नम्बरको ट्रक क्षतिग्रस्त भएको छ भने ना ५ प ६५०३ ट्रकमा आंशिक क्षति पुगेको बताइएको छ ।

हेटौँडा उपमहानगरपालिकाको दमकल, सशस्त्र प्रहरी, औद्योगिक क्षेत्रका कर्मचारी र स्थानीय व्यक्तिको प्रयासमा आगो नियन्त्रणमा आएको थियो ।

यसैबीच त्रिभुवन राजपथस्थित थाहा नगरपालिका वडा १२ पिस्टुङ गैरीगाउँमा रहेको एक ढुङ्गाखानीमा गए राति पहिरो जाँदा एक जनाको मृत्यु भएको छ ।

ढुङ्गाखानीमा काम गर्ने ५४ वर्षीय कालु मुक्तानको मृत्यु भएको हो ।

मुक्तानको शव खानीभन्दा ३०० मिटर तल फेला परेको प्रहरीले जनाएको छ ।

पहिरोमा तीन टिपर र एउटा स्काभेटर पुरिएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । अहिले त्रिभुवनराजपथ पनि अवरुद्ध रहेको र पहिरो पन्छाउने काम भइरहेको बुझिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...