काठमाडौँ उपत्यकामा थप १२७ जनामा कोरोना पुष्टि

Xeohlpe78hdorfu5t1nd

काठमाडौँ । काठमाडौँ उपत्यकामा थप १ सय २७ जनामा कोरोना भाइरसको स‌ंक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार काठमाडौँका १११ , ललितपुरका ११ र भक्तपुरका ५ जनामा कोरोना पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १३, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ललितपुरका २, वीर अस्पतालमा काठमाडौँका ४, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा काठमाडौँका ३ जनालाई कोरोना पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ४८ र ललितपुरका १, स्टार अस्पताल सानेपामा भक्तपुरका १, काठमाडौँका १९ र ललितपुरका ७, धुलिखेल अस्पतालमा काठमाडौँका २ जना, विध ल्याबमा काठमाडौँका ४ र सूर्य हेल्थ सेन्टरमा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरि ह्याम्स अस्पतालमा काठमाडौँका ९, ललितपुरका १ र नेपाल–कोरिया मैत्री अस्पताल भक्तपुरमा काठमाडौँका ७ र भक्तपुरका ४ जना र हेटौँडामा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...