तिपेनीमा पहिरोको उच्च जोखिममा रहेका ३० परिवार स्थानान्तरण

20200731115310 55870

काठमाडौँ । पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

गत आइतबारदेखि मुसलधारे वर्षासँगै खसेको पहिरो  नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो ।

तिपेनी पुलबारीको अधिकांश भूभाग भूक्षय भइसकेको कारण उच्च जोखिममा परेको ३० घरपरिवारलाई थप चुनौती नहोस् भन्ने मनसायले बस्ती स्थानान्तरण गरिएको पाँचपोखरी थाङपाल गाँउपालिका अध्यक्ष टासी लामाले बताए ।

पर्यटकीयस्थल पाँचपोखरी थाङपाल गाउँपालिकामा आपत्कालीन एम्बुलेन्स सेवा, सवारी साधनलगायत पर्यटक आवतजावतमा सास्ती हुन नदिन पालिकाभित्र स्काभेटर खटाई बाटो खुलाइएको अध्यक्ष लामाले बताए ।

पहिरोको उच्च जोखिममा रहेका स्थानीयवासी अहिले कोही सुरक्षित स्थानमा बसेका छन् र कोही आफन्तको घरमा छन् ।
 

प्रतिकृया दिनुहोस