सभामुखसहित सचिवालयमा कार्यरत सबैको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

Agani sapkaota

सभामुख अग्निप्रसाद सापकोटा र उनको सचिवालयका कर्मचारीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटाको स्कर्टिङमा प्रयोग हुने एउटा सवारी साधनको चालकमा कोरोना पोजेटिभ देखिएपछि सभामुख सापकोटासहित स्वकीय सचिवालयका कर्मचारी र सुरक्षाकर्मीहरुको स्वाब संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा सभामुख सापकोटा, उनको स्वकीय सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैको रिपोर्ट नेगेटिभ आएको सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले बताएका छन । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि गए शनिबार अबेर राति रिपोर्ट प्राप्त भएको न्यौपानेले बताएका हुन् ।

सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक एक प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । प्रहरी हेडक्वार्टरमा ठूलो संख्यामा सुरक्षाकर्मीमा संक्रमण देखिएपछि उनको पनि परीक्षण गरिएको थियो ।

प्रतिकृया दिनुहोस