नारायणी नदीमा डुबेर भरतपुर महानगरपालिकाका एक युवा बेपत्ता

1555226013.narayani badhi tukhabar

काठमाडौँ । दाउरा टिप्न जाने क्रममा नारायणी नदीमा एकजना युवक बेपत्ता भएका छन्।

भरतपुर महानगरपालिका–१ नारायणगढका २६ वर्षीय युवक प्रकाश परियार नदीमा बेपत्ता भएका हुन्।

नारायणी नदी किनारको प्रदर्शनी मैदान नजीकैबाट दाउरा टिप्न जाने क्रममा नदीले बेपत्ता बनाएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ।

वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रवीनबाबु रेग्मीका अनुसार आज दिउँसो साढे ४ बजेको समयमा नदीले बगाएर ल्याएको दाउरा टिप्न जाँदा परियारलाई नदीले बेपत्ता बनाएको हो।

परियारको खोजी जारी रहेको रेग्मीले जानकारी दिए। 

प्रतिकृया दिनुहोस