२६ विदेशीलाई नेपाली नागरिकता दिने झापाका अधिकृत आचार्य पक्राउ

Nagarikata

भारतीय, भुटानी र तिब्बती गरी २६ जनालाई नेपाली नागरिकता दिएको आरोपमा जिल्ला प्रशासन झापाका तात्कालिन एक प्रशासकीय अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रशासन कार्यालय, झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्यलाई जिल्ला प्रहरी कार्यालय, झापा र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले काठमाडौंको गठ्ठाघरबाट शनिबार पक्राउ गरेको हो ।

झापाका एसपी कृष्ण कोइरालाका अनुसार २०७२ साल मङ्सिर १० गते झुठा विवरण पेश गरी विदेशीलाई नागरिकता बनाइदिएको कसुरमा जिल्ला अदालत, झापाले आचार्यविरुद्ध वारेन्ट जारी गरेको थियो । उनलाई आवश्यक कारबाहीका लागि आइतबार अदालतमा हाजिर गराइएको प्रहरीलेव जानकारी दिएको छ ।

आचार्यसंगे जिल्ला प्रशासन कार्यालय झापाकै अर्का प्रशासकीय अधिकृत गौरव ढुंगेल, नायब सुब्बा मेघराज निरौला र खरिदार तेजिन्द्र न्यौपानेलाई समेत सोही आरोप रहेको छ।

त्यस्तै बिर्तामोड नगरपालिका ८ का वडाध्यक्ष अजय कार्की र भद्रपुर नगरपालिका ९ का वडाध्यक्ष शनिलाल राजवंशी समेतलाई बिदेशी नागरिकलाई नेपाली नागरिकता लिन झुट्ठा विवरण पेश सिफारिश गरेको आरोप लगाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

अदालतले पक्राउ पुर्जी जारी गरे पनि उनीहरु सबै फरार रहेको प्रहरीको दाबी छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...