१९ वर्षीय युवतीले फेसबुक लाइभ गर्दै झण्डिर आत्महत्या गरेपछि...

Fb susid

चितवन । सामाजिक सञ्जाल हो फेसबुक । यसमा आफ्ना व्यक्तिगत र सामाजिक कुराहरु पनि पोष्ट गरिन्छ । तर, पछिल्ला दिनमा फेसबुकमा लाइभ गर्दै आत्महत्या गर्नेहरुको संख्या बढ्न थालेको छ ।

चितवनमा सामाजिक सञ्जाल फेसबुकमा लाइभ गरेर एक युवतीले आत्महत्या गरेकी छन् । भरतपुरको स्याउली बजारमा १९ वर्षीया युवतीले झुण्डिएर आत्महत्या गरेकी हुन् ।

भरतपुर महानगरपालिका–२४ घर भएकी ती युवतीले फेसबुकमा लाइभ भएर आत्महत्या गरेकी हुन् । भरतपुरमा ती युवतीले ब्युटिपार्लर र अनलाइन व्यवसायको काम गर्दै आएकी थिईन । ती युवतीले आत्महत्या गर्नुको कारण नखुलेको प्रहरीले जनाएको छ ।

ती युवती भरतपुरको स्याउली बजारमा एउटा फ्ल्याटमा भाडामा तीनजना साथीसँग बस्दै आएकी थिइन् । साथीहरुको नभएको समयमा ती युवती सलको पासो लगाएर झुण्डिएकी प्रहरीको भनाइ छ ।

केही दिनअघि मात्रै दाङमा पनि यस्तै घटना भएको थियो । जसले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेको भिडियो सार्वजनिक भएको थियो । जुन भिडियोलाई फेसवुकले हटाइसकेको छ ।

प्रतिकृया दिनुहोस