सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीय र प्रहरीबीच झडप, ७ राउन्ड अश्रु ग्यास प्रहार

Sudaul jhadap

काठमाडौं । ललितपुरको खोकनामा आफ्नो जमिन खनजोग गर्न गएका किसान र प्रहरीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले ७ राउन्ड अश्रु ग्यास समेत हानेको छ ।

शनिबार दिउँसो सुडोल फाँटमा रोपाइँ गर्न गएका स्थानीयलाई प्रहरीले अवरोध गर्न खोजेपछि झडप भएको हो । झडपमा परी ४ जना प्रहरी घाइते भएका छन् । यसअघि असार १५ गते पनि प्रहरी र स्थानीयवासी विवाद भएको थियो ।

उनीहरुले सरोकारवालासँग छलफल नै नगरी एकलौटी ढंगबाट तयार गरेको मुआब्जा स्वीकार नभएको, फास्ट ट्रयाकसँगै वाग्मती करिडोर, १ सय ३३ केभी प्रसारण लाइन, बाहिरी चक्रपथको विन्दु पनि खोकना फाँटमै पर्ने भएकाले मौलिक बस्तीको अस्तित्व सखाप हुने भन्दै विरोध जनाउँदै आएका छन् ।

सुडोल फाँट काठमाडौं–तराई जोड्ने द्रुतमार्ग (फास्ट ट्रयाक) को ‘जिरो किलोमिटर’हो । सो क्षेत्रको जग्गा सरकारले अधिग्रहण गरेको छ । तर, स्थानीयले भने मुआब्जा लिइसकेका छैनन् ।

झडपपछि अहिले सुडोल फाँटमा स्थानीयले पुनः धान रोपेका छन् भने त्यस क्षेत्रमा प्रहरीको बाक्‍लो उपस्थिति छ ।

सम्पदा तथा संस्कृति बचाउ अभियानका अभियान्ता गणपतिलाल श्रेष्ठ खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरतात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिको विरुद्ध आन्दोलित हुनुपरेको बताउँछन् ।

प्रतिकृया दिनुहोस