बझाङको केदारस्युँ गाउँपालिकामा पहिरोले १७ घर बगायो

Pahero

काठमाडौँ । बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका वडा ८ को एक बस्ती पहिराले बगाएको छ ।

अबिरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गयराती केदारस्युँ गाउँपालिका वडा ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र बिकले बताए । उनका अनुसार पहिरामा परि ७ जना बेपत्ता भएका छन् ।

बझाङ प्रहरी प्रमुख डिएसपी गणेश बमले घटनास्थलतिर प्रहरी टोली पठाईसकिएको जानकारी दिए । बागथला भन्ने स्थानमा रहेका नेपाली सेनालाई र प्रहरी टोली घटनास्थल तर्फ गएको छ । बाटो खोला किनारमा भएको र खोलामा अत्यधिक पानी आएर बाटो नभएको कारण प्रहरी घटना स्थल पुग्न सकेको छैन ।

त्यहाँको एउटा पावरहाउस पनि पहिरोले पुरिएको छ । घटनास्थल पुग्न जयपृथ्वी राजमार्गअन्तर्गत झोता भन्ने स्थानबाट करिब चार–पाँच घण्टा माथि उक्लिनुपर्छ । त्यहाँसम्म पुग्न हालै शाखा सडक बनाइएको थियो । सो सडक पनि पहिरोले बगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...