तीन महिनामा ५२ वटा घरेलु हिंसा मुद्दा दर्ता

Domestic violence

काठमाडौँ । बाँकेमा बन्दाबन्दीको अवधिमा महिला हिंसाका घटना बढेका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा पछिल्लो ३ महिनायता जिल्लामा हिंसाका घटना बढेको पाइएको छ । प्रहरीका अनुसार चालू आर्थिक वर्षको चैत्र ११ गतेदेखि असार १ गतेसम्म बाँकेमा ५२ वटा घरेलु हिंसाको ठाडो उजुरी परेको छ ।

त्यसमध्ये ४४ जना महिला पीडित छन् । आठ जना पुरुषले घरेलु हिंसामा परेको उजुरी दिएका छन् । ठाडो उजुरी धेरै आए पनि त्यस्ता उजुरी मुद्दा प्रक्रियामा गएका छैनन् । जिल्लामा एक जना महिलाले मात्रै घरेलु हिंसासम्बन्धी मुद्दा दायर गरेका छन् भने यो अवधिमा सात वटा जबरजस्ती करणीका घटना भएका छन् । त्यसमा पाँच बालिका र दुई महिला पीडित छन् ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र बाँकेको इञ्चार्ज तथा प्रहरी सहायक निरीक्षक श्यामकुमारी पाइजा मगरले घरभित्र र आफन्तबाट हिंसा भोगेका महिला धेरै आएको बताइन् । “प्रहरीमा घरेलु हिंसा पीडित महिलाहरू ठाडो उजुरी लिएर आउने गरेका छन्”, उनले भनिन्, “तर मुद्दा प्रक्रियामा जाँदैनन् ।

छलफल र मेलमिलापमा जाने गरेका छन् । यस अवधीमा दुई बालक, दुई बालिका र तीन महिला गरी सात जना हराएका छन् । तीन बालक, एक बालिका र एक महिला गरि पाँच जनालाई बेवारिसे अवस्थामा फेला पारिएको छ । एक बालक र दुई जना महिला गरी तीन जनाले आत्महत्या गरेका छन् । कर्तव्य ज्यानसम्बन्धी तीन वटा घटना दर्ता भएका छन् ।

बन्दाबन्दीको अवस्थामा देवानी प्रकृतिको मुद्दा लिइएन । अदालत पूर्णरुपमा बन्द भएकाले सरकारवादी अर्थात फौजदारी मुद्दामा पनि खासै ध्यान दिइएन । यसले पीडित झनै पिडामा परेको अधिवक्ता वसन्त गौतमले बताए । उनले भने, ‘सुरक्षाकर्मीले पनि हिंसाको गहिरो अनुसन्धान गर्न नसकेको अवस्था छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

साउन महिनाको अन्तिम शनिबार, श्री शनी देवको पुजा गर्दै हेर्नुस् आज साउन ३१ गतेको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । दाजुभाइको प्रगतिको समा...