पौडी खेल्ने क्रममा डुबेर इटालीमा एक नेपालीको मृत्यु

२३३४० ३४०

काठमाडौँ । पौडी खेल्ने क्रममा इटालीमा एक नेपालीको मृत्यु भएको छ । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ४  घर भएका २८ वर्षीय किरण खरेलको सोमबार मृत्यु भएको हो ।

गैर आवासीय नेपाली संघ इटालीका अनुसार विगत ४ वर्ष यता उनी इटालीको मिलानमा बस्दै आएका थिए । मृतक  खरेल इटालीको  कोरोना महामारीको रेड जोन एरिया लोम्बार्दिया अन्तर्गत पाभिया सहरमा रहेको तिसिनो नदीमा साथीहरुसँग पौडी खेल्न गएका थिए ।

पौडी खेल्ने क्रममा सोमबार दिउँसो १ बजे डुबेको र उनको शव दिउँसो ३ बजे प्रहरीले भेटेको थियो । अहिले उनको शव पाभियाको  स्थानीय अस्पतालमा पोस्टमार्टमका लागि राखिएको र पूर्ण रिपोर्ट आएपछि मात्र सम्बन्धित परिवारलाई जिम्मा दिने अस्पतालले जानकारी दिएको छ।

मृतक खरेलको अन्तिम दाहसंस्कार इटालीमानै गर्ने वा नेपाल पठाउने भन्ने सन्दर्भमा छ्लफलपछि मात्र टुंगो लाग्ने स्थानीय संचारकर्मी गोमा खरेलले जानकारी दिइन्। मृतक खरेल मिलानमा रहेको स्टारबक्स रिजर्भ कफिशपमा कार्यरत थिए।

प्रतिकृया दिनुहोस