घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव फेला

Baby

काठमाडौँ । डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेश शाहीले सालनाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको बताए ।

‘घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा छोरी मान्छेको शव भेटिएको हो, कसले र किन हत्या गरे अनुसन्धान भइरहेको छ’ उनले भने
शिशु जन्मेको कम्तिमा पनि २२ देखि २५ घण्टा मात्र भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

बेवारिसे अवस्थामा भेटिएको शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...