सोमबार बिहानै गण्डकी प्रदेशमा २० जना नयाँ कोरोना संक्रमित थपिए

Corona test

पोखरा । सोमबार बिहानै गण्डकी प्रदेशमा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४० पुगेको छ ।

सोमबार स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का २० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

स्याङ्जामा १२ जना र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा ८ जना कोरोना संक्रमित थपिएका हुन् । उनीहरु सबै भारतबाट आएर सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसिरहेका छन् ।

हेर्नुहोस् विज्ञप्ति

 

 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...