पाँच जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएपछि पर्वत अस्पताल अनिश्चितकालका लागि बन्द

Parbat hospital

पर्वत । पर्वत अस्पतालका पाँच जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालको इमर्जेन्सी बाहेकका अरु सेवाहरु अनिश्चितकालका लागि बन्द भएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा पर्वत अस्पतालका पाँच स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि अस्पतालका सेवा बन्द भएको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शिशिर देवकोटाले विज्ञप्ति जारी गर्दै अस्पतालका आकस्किम सेवाबाहेकका सबै सेवा बन्द गरिएको जनाएको छ ।
अस्पतालको आइसोलेसनमा हाल ३० जना कोरोना संक्रमित उपचाररत छन् । ती संक्रमित सबै भारतबाट आएका डा. देवकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...