प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिव्या सिंह शाह आईओएमको डिन नियुक्त

Dr.dibhya shah

काठमाडौं प्रा. डा. दिव्या सिंह शाह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) को डिनमा नियुक्त भएकी छन् । डा. शाह प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सकसमेत हुन् ।

त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले सर्च कमिटीबाट सिफारिस भएका ३ जना मध्येमा डा. शाहलाई डिनमा नियुक्ति गरेको हो । प्राडा प्रेमराज ज्ञवाली नेतृत्वको उक्त कमिटीले प्रा.डा. प्रदीप वैद्य, प्रा.डा. शाह र प्रा. डा. उत्तमकृष्ण श्रेष्ठको नाम सिफारिस गरेको थियो ।

जेठ २२ मा प्रा डा जगदीश अग्रवालले उमेर हदका कारण डिनबाट अवकाश पाएपछि उक्त पद रिक्त रहेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...