अस्पतालसँग समन्वय गरेर मात्र विरामीको ‘रिफर’ गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

20202002111

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको बताए ।  उनले समन्वय गर्दा बिरामीलाई सहज हुने बताए ।

समन्वय नहुँदा बिरामी मर्कामा पर्ने, उपचार पाउन दुई चार वटा अस्पताल जानुपर्ने बाध्यता र सो क्रममा आवश्यक उपचार नपाई मृत्युसमेत भएको भन्दै आवश्यक समन्वय गर्न निर्देशन दिएको डा.अधिकारीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...