कोरोनाविरुद्धको अर्काे सफलता : बन्यो सस्तोमा पाइने औषधि, १० दिनको खर्च केवल ८ सय रुपैयाँ मात्रै

Corona medicin

काठमाडौं । विश्वब्यापी महामारी बनेको कोरोना संक्रमणको अहिलेसम्म कुनै अचुक औषधि पत्ता लागिसकेको छैन । तर पनि विरामीको उपचार भने रोकिएको छैन । केवल प्रयोगात्मक पद्धतिकै आधारमा टिकेको छ अहिलेसम्मको उपचार प्रकृया ।

विभिन्न औषधिहरुको प्रयोगकै सन्दर्भमा निकै सस्तो र हरेक ठाउँमा पाईने डेक्सामेथासोन औषधिको प्रयोग बारे अहिले निकै चर्चा चलेको छ । कोरोना संक्रमणका गंभीर विरामीका लागि यो औषधि प्रभावकारी रहेको ब्रिटिश विशेषज्ञहरुले एक टोलीले खुलासा गरेको हो ।

डेक्सामेथासोन औषधि सन १९६० को दशकदेखि जोर्नीको दुखाई र अस्थमाको उपचारका लागि प्रयोग हुँदै आएको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरुको एक टोलीले अस्पतालमा भर्ना भएका २ हजार विरामीहरुलाई डेक्सामेथासोन औषधि दिएर यसको पहिलो परीक्षण गरेका थिए । उनीहरुले यो औषधि दिईएका २ हजार कोरोना संक्रमित विरामी र यो औषधि नदिईएका ४ हजार विरामीहरुसंग तुलना गरेका थिए ।

यो औषधिको प्रयोगबाट भेन्टीलेटरको सहयोगमा बाँचीरहेका विरामीहरु मध्ये ४० देखि २८ प्रतिशतमा मृत्युको जोखिम हट्यो । त्यसैगरि अक्सिजन दिईएका विरामीहरु मध्ये २५ देखि २० प्रतिशतमा मृत्युको जोखिम कम भयो । यो अध्ययन दलका मुख्य वैज्ञानिक प्रोफेसर पीटर हर्बीले बताए, ‘यो अहिलेसम्मकै एकमात्र यस्तो औषधि हो जसले मानव मृत्युदरमा कमी ल्याएको छ । यो एउटा राम्रो सफलता हो ।’

त्यस्तै अर्का अनुशन्धानकर्ता प्रोफेसर मार्टिन लेन्ड्रेले पनि यो औषधिको प्रशंसा गरेका छन । उनका अनुसार डेक्सामेथासोन औषधिले भेन्टीलेटरमा रहेका हरेक ८ मध्ये एकको जीवन बचाउन सकिन्छ । त्यस्तै अक्सिजन दिनुपर्ने हरेह २० देखि २५ विरामी मध्ये एकजना विरामीलाई बचाउन सकिन्छ ।

प्रोफेसर लेन्ड्रेको भनाईमा, ‘यो औषधि सहयोगी सावित भएको छ । डेक्सामेथासोन औषधिको १० दिनको खर्च केवल ८ सय रुपैयाँ मात्रै पर्छ । यसअनुसार केवल ४ हजार ८ सय रुपैयाँमा एक विरामीको ज्यान बचाउन सकिन्छ । यसका साथै यो औषधि जहाँ कहिं पनि पाइन्छ ।’

उनका अनुसार यो औषधि कोरोना संक्रमणको हल्का लक्षण देखिएका विरामीहरुका लागि आवश्यक पर्दैन । सुरुवाती समयमा कोरोना संक्रमित विरामीको उपचारमा हाईड्रोक्सिक्लोरोक्विन औषधिको पनि निकै चर्चा चलेको थियो ।

विश्वका ३० मुलुकका ३७ प्रतिशत डाक्टरहरुले यो औषधिलाई प्रभावकारी रहेको बताएका थिए । ६ हजार २ सय डाक्टर तथा स्वास्थ्य विशेषज्ञहरुबीच गरिएको सर्वेक्षणमा ३७ प्रतिशतले हाईड्रोक्सिक्लोरोक्विन औषधिलाई कोरोना संक्रमित विरामीको उपचारमा प्रभावकारी बताएका थिए ।

यद्यपी हाल आएर विभिन्न नकारात्मक परिणाम देखिएको भन्दै यो औषधिको प्रयोग गर्न नहुने चिकित्सकहरुले बताएका छन भने विश्व स्वास्थ्य संगठनले पनि हाईड्रोक्सिक्लोरोक्विन औषधिको प्रयोगमा बन्देज लगाएको छ । त्यसैगरी ईबोला रोगको उपचारमा प्रयोग गरिने रेमडेसीवीर औषधि पनि कोरोना संक्रमित विरामीको उपचारमा सहयोगी सावित भएको विविसीको हिन्दी संस्करणमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस