नेपालमा कोरोना संक्रमण बढेको बढ्यै, ६ वर्षीय बालिकासहित थप ७ जनामा कोरोना सक्रमण पुष्टि

Corona test

काठमाडौं । नेपालमा दिनानुदिन कोरोनो संक्रमतिको संख्या बढ्दै गएको छ । नेपालमा हालसम्म ५ हजार ७ सय ६० जनामा संक्रमण पुष्टि भइसकेको छ भने १९ जनाको मृत्यु भइसकेको छ ।

सोमबार मात्रै ६ वर्षीय बालिकासहित थप ७ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । चितवनको भरतपुर अस्पतलामा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण देखिएको भरतपुर अस्पतलले जनाएको छ ।

भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका १४ का ३६ वर्षीया महिला, नवपुर बुढीकालीका २० वर्षीय पुरुषमा संक्रमण देखिएको छ । नुवाकोटको ताराकेश्वर नगरपालिकाका ६ वर्षीया बालिका र ३१ वर्षीया महिलामा संक्रमण देखिएको छ ।

अर्खाखाँचीको भुमिकास्थान नगरपालिका(६ का २०, ३५, ३५ वर्षका पुरुषमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।

तनहुँमा पनि थपियो
तनहुँ जिल्लामा कोभिड संक्रमणको नयाँ घटना सार्वजनिक भएको छ । घिरिङ गाउँपालिकाका पाँच जना पुरुषमा पनि संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

उनीहरू घिरिङकै क्वारेन्टाइनमा थिए । भारतबाट आएयता क्वारेन्टाइनमा रहेका उनीहरुको निकै ढिला गरि रिपोर्ट आएको हो । पोजिटिभ देखिएका सबैलाई बेलचौतारास्थित आइसोलेसनमा राखिएको छ ।

यससँगै तनहुँमा कोभिड पोजिटिभका घटना आठ पुगेका छन् । यस अघिका तीन जना ध्ये ऋषिङका दुई र एक घिरिङकै पुरुष हुन् । सबैलाई बेलचौताराको जीपी कोइराला स्वाश्प्रश्वाश केन्द्रको आइशोलेशनमा राखिएको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...