कोरोना भाइरसको दोस्रो रुप दश गुणा खतरनाक हुने वैज्ञानिकले निकाले यस्तो निष्कर्ष

Coronavirus world 1

कोरोना भाइरस (कोभिड-१९)को परिवर्तितरुपका विषयमा वैज्ञानिकहरुले नयाँ तथ्य सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले कोरोनाको दोस्रो रुप कोभिड-१९ भन्दा दश गुणा धेरै खतरनाक हुने अध्ययनको निष्कर्ष छ ।

अमेरिकाको स्क्रिप्स रिसर्च इन्स्टिच्युटको तर्फबाट गरिएको अध्ययनमा कोरोनाको दोस्रो रुपमा अहिलेको कोभिड १९ भन्दा दश गुणा खतरनाक हुने देखिएको छ ।

डेलिमेलका अनुसार अध्ययनमा संलग्न चिकित्सक तथा वैज्ञानिकले अमेरिका, बेलायत र इटलीमा गरेको कोरोना भाइरसको अध्ययनमा चीनको वुहानमा भन्दा १० गुणा भन्दा धेरै संक्रमण सार्न सक्ने क्षमताको पाइएको छ ।

वैज्ञानिकहरुले म्युटेसन स्ट्रेन तिब्र गतिमा शरीरमा रिसेप्टर्समा आक्रमण गर्ने खालको भएको बताएका छन् । कोरोना भाइरस  (SARS-CoV-2) को यो भर्जनको D614G नाम दिइएको छ । यो स्ट्रेनमा अन्य भाइरस भन्दा ४ देखि पाँच गुणा धेरै स्पाइक्स प्रोटिन हुन्छ ।

अध्ययनका अनुसार कोरोना भाइरसको D614G भर्जन १० गुणा धेरै संक्रमण फैलिने खालको रहेको मात्र छैन, यो त्यत्तिकै स्थिर पनि रहेको छ । वैज्ञानिकहरुले कोरोना भाइरसको असर कतै धेरै र कतै कम हुनुको कारण पनि यहीँ विषयसँग जोडिएको बताएका छन् । कुनै देशमा मृत्युदर ह्वात्तै धेरै छ भने कुनै देशमा कम छ । कुनै देशमा लक्षण धेरै देखिएको छ भने कुनै देशमा लक्षण नै देखिएको छैन ।

यसअघि स्ट्रेन इटली, बेलायत र न्युयोर्क जस्ता सहरमा अधिक रहेको मानिएको थियो । यी ठाउँमा सुरुवाती चरणमा कोरोना भाइरसका कारण धेरै मानिसको ज्यान गएको थियो । एजेन्सी 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...