उपल्लो लम्घासको आइसोलेसनमा उपचाररत कोरोना संक्रमितको मृत्यु

Death sign

गुल्मी । गुल्मीको उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत अर्का एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिका ९ स्थित उपल्लो तम्घासमा आइसोलेसनमा उपचाररत धुर्कोट गाउँपालिका वडा नं. ४ जैसिथोक निवासी ३६ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो ।

भारतबाट आएर धुर्कोटको क्वारेन्टिनमा रहेका बेला जेठ १२ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनले जेठ १३ गतेदेखि तम्घासमा रहेको आसोलेसनमा राखेर उपचार सुरु गरिएको थियो ।

उनी २ वर्षदेखि आन्द्राको क्यान्सरबाट पनि पीडित भएकाले उपचार कठिन भएको थियो । उनमा रक्त अल्पताको समस्या देखिएपछि उनकै उपचारमा खटिएकी स्वास्थ्यकर्मीले रगत दिएकी थिइन् ।

स्वास्थ्य गम्भीर हुँदै गएपछि यसअघि उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीले नै रगत दिएकी थिइन् । तर कोसिस गर्दागर्दै पनि उनलाई बचाउन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नसकेको उपचारमा खटिएका डा. कविराज भुसालले बताए ।

उनको ३ पटकसम्म गरिएको स्वाब परीक्षणमा पोजिटिभ रिपोर्ट आएको थियो । शवलाई राति नै उनकै जन्मस्थान नजिकै नेपाली सेनाले व्यवस्थापन गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

 

प्रतिकृया दिनुहोस