वैज्ञानिकको अर्काे नयाँ खुलासा, कोरोना भाइरसको संक्रमण हावाबाट पनि फैलिन्छ (अध्ययन रिपोर्टसहित)

Mask corona

काठमाडौं । विश्व नै यतिबेला कोरोनाको सन्त्रासमा छ । कसरी कोरोना सर्छ भन्ने प्रश्नले झनै आम मानिसलाई त्रसित बनाएको छ । छुदा कोरोना सर्ने भनिएका कारण सामाजिक दुरी कायम गर्न विश्व संगठनले नै निर्देशन दिएको छ । जसलाई आम मानिसले पालना पनि गरेका छन् ।
अहिले विश्वका २१३ मुलुक कोरोना संक्रमणको महामारीबाट आक्रान्त छन् । जुन जुन मुलुकमा कोरोना छैन भनिएको छ, ती मुलुकहरुमा पनि त्रासको वातावरण कायमै छ । अहिले यसको रोकथाम, उपचार र फैलावटका बारमा थुप्रै अध्ययन अनुशन्धानहरु पनि भैरहेका छन । खासगरि कोरोना संक्रमणको फैलावटका बारेमा थुप्रै समाचारहरु सुन्न पनि पाईएका छन ।

यसै सन्दर्भमा हालै एक अध्ययन गरिएको छ । यो अध्ययनले कोरोना भाइरस संक्रमणको फैलावटलाई बढाउनुमा हावाको महत्वपूर्ण भूमिका हुन सक्ने बताएको छ । रशायन विज्ञानमा सन १९९५ मा नोबेल पुरस्कार प्राप्त मारियो जे मोलिनासहितका वैज्ञानिकहरुको एक टोलीले कोरोना भाईरस संक्रमणका तीन केन्द्रहरु– चीनको बुहान, अमेरिकाको न्युयोर्क शहर र ईटलीमा कोरोना भाइरस संक्रमणको प्रवृत्ति र नियन्त्रणका कदमहरुको आंकलन गरी कोविड १९ को फैलावट बारे अध्ययन गरेका छन ।

विश्व स्वास्थ्य संगठनले विगत लामो समयदेखि प्रत्यक्ष सम्पर्कका आधारमा फैलिने संक्रमणको नियन्त्रणमा मात्रै ध्यान दिएको र हावाबाट सर्ने तथ्यप्रति नजरअन्दाज गरेको भन्दै वैज्ञानिकहरुको टोलीले चिन्ता पनि ब्यक्त गरेको छ । पीएनएस जर्नलमा प्रकाशित रिपोर्टका अनुसार हावाबाट हुने कोरोना भाइरसको फैलावट अत्याधिक संक्रामक हुने भएकाले विरामीहरुको संख्या ह्वात्तै बढेको उल्लेख छ ।

रिपोर्ट मार्फत वैज्ञानिकहरुले भनेका छन, ‘सामान्यतया नाकबाट सास लिंदा विषाणुयुक्त एरोसेल सासद्वारा शरीरमा प्रवेश गर्छ ।’ सूक्ष्म ठोस कणहरु अथवा तरल रुपका अत्यन्तै मसिना थोपाहरु हावा या अन्य कुनै पनि ग्याँसमा मिसिने प्रकृयालाई एरोसेल भनिन्छ ।

कुनै संक्रमित ब्यक्तिले खोक्दा या हाछ्युँ गर्दा उत्पन्न हुने मानिसको कपाल जत्तिको मोटो एरोसेलमा थुप्रै विषाणुहरु हुन्छन । त्यस्ता एरोसेललाई रोक्न अहिले विश्वभर लागु गरिएको सामाजिक दुरी पर्याप्त नहुने वैज्ञानिकहरुको तर्क छ ।

वैज्ञानिक मारियो जे मोलिनाले भने, ‘हावाबाट जीवाणु फैलिने गंभीरतालाई बुझ्न नसक्दा विश्व कोरोना भाइरस संक्रमणको महामारी रोक्न असफल भएको हो ।’ सार्वजनिक स्थानमा जाँदा मास्कको प्रयोग गर्ने हो भने कोरोना संक्रमणलाई कम गर्न सकिने वैज्ञानिकहरुको टोलीले निष्कर्ष निकालेको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...