थप २७३ जना कोरोना संक्रमित : २ जनाको मृत्यु, संक्रमितको संख्या ५,३३५

Corona test logo

काठमाडौं । नेपालमा शनिबार २७३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी विभिन्न जिल्लामा गरी पछिल्लो २४ घन्टामा २७३ जना संक्रमित थपिएका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५३३५ पुगेको छ । तीमध्ये ९१३ जना उपचारपछि निको भएका छन् भने १८ जनाको मृत्यु भएको छ ।

शनिबारसम्म नेपालमा १ लाख २७ हजार २ सय ८८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ । १ लाख ५० हजार ५ सय ५० जनालाई क्वारेन्टिनमा राखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...