पर्वत र नवलपुरमा ५ जनामा संक्रमण पुष्टि, गण्डकीमा पुग्यो १९७ जना

Corona test19

पोखरा । शनिबार बिहानै गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सोसँगै गण्डकीमा सङ्क्रमितको संख्या १ सय ९७ पुगेको छ ।

पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा पर्वतका ४ जना र नवलपरासी पूर्वका १ जनामा कोरोना संक्रमण स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

पर्वतको कुस्मा नगरपालिकाका ६ वर्षका बालक र १७ वर्षकी महिला, जलजला गाँउपालिकाका १७ वर्षका पुरुष र महाशिला गाँउपालिकाका १६ वर्षका एक पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।

नवलपरासी, बर्दघाट सुस्तापूर्वको मध्यबिन्दु नगरपालिकाका ४५ वर्षका पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

नयाँ सङ्क्रमित सबैलाइ आइसोलेसनमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोदविन्दु शर्माले जानकारी दिए ।

गण्डकीका १९७ जना सङ्क्रमितमध्ये ११ जना निको भएका छन् भने १ जनाको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस