दुवईबाट चार्टर विमानमा आएकी महिलामा कोरोना संक्रमण पुष्टि

Corona test19

काठमाडौं । दुवईबाट नेपाल आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनलाई शुक्रबार नै पाटन अस्पतालको आइसोलेसनमा पठाइएको छ ।

युएईमा समस्यामा परेकाहरु १ सय ५७ जना नेपाली २३ जेठमा एअर अरबियाको जी नाइन १७५१ चार्टर फ्लाइटबाट नेपाल आएका थिए । त्यही टोलीमा रहेकी २६ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई पहिलो दिन खरीपाटी क्वारेन्टिनमा राखिएको थियो । दोस्रो दिन २४ जेठमा मुलपानीको क्वारेन्टिनमा सारियो । त्यहीँबाट पीसीआर विधिबाट परीक्षण गर्न नमुना संकलन गरिएको र रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिर अधिकारीले बताए ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उनसँगै चार्टर फ्लाइटमा आएका अरु यात्रुको कन्ट्याक्ट टेसिङ गर्ने बताएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...