कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १६ पुग्यो

Death tag

काठमाडौँ । नेपालम कोरोना संक्रमणबाट मृत्यु हुनेको सख्या १६ पुगेको छ ।

अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनी  भारतबाट आएर मालारानी–४ मा रहेको सार्वजनिक आधारभूमि विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । ती पुरुषमा स्वासप्रश्वासको समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइ घर फर्किने क्रममा उनको बुधबार बाटोमै मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

उनको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला  भैरहवामा गरिएको स्वाब परीक्षणमा बिहीबार उनको रिपोर्ट पोजेटिभ आएको गौतमले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...