यस कारण यौन सम्पर्क गर्दा महिलाहरू आवाज निकाल्छन् ?

Sex

महिलाहरु सम्भोगका बेला विशेष खालको आवाज निकाल्छन् । किन निकाल्छन् त आवाज रु यसबारे धेरै अनुसन्धानहरु भएका छन् ।

तर, वैज्ञानीक तथ्य हालसम्म आउन सकेको छैन । केही अनुसन्धानले आवाज निकाल्नु नाटकमात्र हो भनेका छन् । केही अनुसन्धानले आनन्दको अभिव्यक्ति वा मनोरञ्जन रहेको पनि देखाएका छन् ।

केही अनुसन्धानले सेक्सका बेला महिला अचेत अवस्थामा पुग्ने भएकाले आवाज निकाल्नु सामान्य हुने देखाएको छ । यसबारेमा भएको पछिल्लो अनुसन्धानको नतिजाको निस्कर्ष पनि फरक खालको छैन ।
अमेरिकाका गेल ब्रेबर र कोलिन ए हैंडीले अनुसन्धान गरेका थिए ।

सो अनुसन्धानमा सेक्समा सक्रिय १८ देखि ४८ वर्षसम्मका ७१ जना महिलालाई सहभागी गराइएको थियो ।

उनीहरुले सहभागी महिलालाई ‘तपाई सेक्स गर्दा आवाज किन निकाल्नु हुन्छ रु’ भनी प्रश्न गरेका थिए । अधिकांश महिलाले सेक्समा आवाज निकाल्नु बहानामात्र भएको बताएका थिए । कसैले पनि यसलाई यौन अर्गाज्मको रुपमा जवाफ नदिएको अनुसन्धानकर्ताहरुको भनाई छ ।

केही महिलाले सेक्सका बेला एस, मोर प्लिज, स्टप, गो, लभ युलगायतका शब्द उच्चारण गर्ने गरेको सो अनुसन्धानले देखाएको छ । पुरुषहरुले पनि सेक्सका बेला आवाज निकाल्ने सो अनुसन्धानले देखाएको छ ।

अनुसन्धानमा सहभागी ६६ प्रतिशत महिलाले आफ्नो यौन साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने गरेको बताएका थिए । केही महिलाले पुरुषको आत्मबल बढाउन आवाज निकाल्ने गरेको बताएका थिए । आवाज हेट्रोसेक्सुअल महिलाले बढी निकाल्ने गरेको अनुसन्धानले देखाएको छ ।

 

सेक्स गर्ने तरिका ?
यौन प्रतिक्रिया चक्रलाई चारवटा चरणमा बाडिएको छ । १. उत्तेजनाको चरण २. प्लाटो फेज ३.चरमसुख र ४. रिजोलुसन फेज। प्लाटो फेजमा भएको यौन क्रिया निरन्तर रूपमा बढाउँदै लान सकिए एउटा त्यस्तो बिन्दुमा पुगिन्छ जहाँ पुगेपछि व्यक्ति यौन तनावबाट मुक्त हुन्छ। यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा उक्त चरणको विशेष महत्व छ, किनभने यतिबेला नै मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दहरूमध्ये सर्वोत्कृष्ट सुख अनुभव गर्छ। यसैलाई चरमसुख भनिन्छ। तपाईंकी श्रीमतीले प्रयोग गर्नुभएको मजा शब्दले यसैलाई संकेत गर्नुभएको हुनुपर्छ।

आधारभूत रूपमा महिला तथा पुरुषमा यौन प्रतिक्रिया चक्र उस्तै हुन्छ, तर पनि केही कुरामा भने फरक देख्न सकिन्छ। कतिपय महिलालाई चरमसुखको चरणसम्म पुग्न पुरुषको भन्दा बढी समय लाग्न सक्छ। शीघ्र स्खलन भएर यौनसम्पर्क राम्रोसँग नहुँदा महिलाले यौनसम्पर्क प्राप्त गर्न गारै हुन्छ। यदि चरमसुखको चरणपछि पनि यौन स्टिमुलेसन निरन्तर रूपमा भैरह्यो भने कतिपय महिलाले एकपल्टभन्दा बढी चरमसुख प्राप्त गर्न सक्छन्, तर पुरुषमा भने त्यस्तो हुँदैन। महिला तथा पुरुषबीचको सबैभन्दा महत्वपूर्ण फरक च्भाचबअतयचथ एभचष्यम हो। पुरुषलाई चरमसुख पाएर पुरानै अवस्था फर्किएपछि केही समयका लागि यौन रूपमा उत्तेजित गर्न सकिँदैन।

यौन प्रतिक्रिया चक्रमा मात्र होइन, महिलाको यौनाङ्गको फरकपनमा पनि ध्यान पुर्‍याउनुपर्छ। तपाईंलाई थाहै होला, महिलाको यौन संवेदनशील अङ्ग भगांकुरु बाहिरतिरै हुन्छ। सामान्यतस् पुरुष माथि र महिला तल रहेर गरिने यौनसम्पर्कले महिलाको भगांकुरलाई घर्षण गर्दैन। महिला माथि रहेर महिलाले आफूले चाहेजस्तो कटी प्रदेशलाई चलाउन सक्छिन्, जसले यौनसुख प्राप्त गर्न सहज हुन्छ। शीघ्र स्खलन भएपछि लिङ्ग शिथिल भएर यौनसम्पर्क गर्न नसकेको स्थितिमा चरमसुखतर्फ अग्रसर हुने अवसर नै हुँदैन। तपाईंलाई थाहै होला, यसलाई हात वा औंलाले नै चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ। यौन प्रसाधन जस्तो भाइब्रेटरको प्रयोग पनि अर्को उपाय हो। तपाईंकी श्रीमतीले हस्तमैथुन गरेर यौन आनन्द प्राप्त गर्नुभएको छ कि छैन, लेख्नुभएको भए जवाफ दिन अझ सजिलो हुने थियो।

स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण, अनि चलाउने जस्ता अनेक क्रियालापमा संलग्न हुन सकिन्छ भने अन्य अनेक प्रयोग पनि गर्न सकिन्छ। पुरुषहरू जस्तै महिलाहरू पनि यौन उत्तेजक दृश्य, स्पर्श अनि यहाँसम्म कि परिकल्पनाले उत्तेजित हुन्छन्। यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ। यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई यौन चरमसुख साथसाथै प्राप्त गर्न मद्धत पनि मिल्छ।

शीघ्रस्खलनका लागि

प्रायस् सबैजसो व्यक्तिले आफ्नो जीवनको कुनै न कुनै चाँडै बेला वीर्य स्खलन भएको अनुभव गरेका हुन्छ। घर्षण नै गर्न नपाई लिंग योनिमा छिराउनासाथ वा छिराउनुभन्दा अघि नै वीर्य स्खलन हुने समस्या पुरुषहरूमा देखिने यौनसम्बन्धी समस्याहरूमध्ये सबैभन्दा बढी पाइने समस्या हो। शीघ्र स्खलनको मूल कारण मानसिक नै भएको पाइन्छ। कतिपय मानिसमा यौन सम्पर्क वा क्रियाकलापमा राम्रोु गर्न नसक्नु गम्भीर चिन्ताको कारण हुनसक्छ। आफ्नो यौन जोडीलाई सन्तुष्ट पार्न सक्दिन कि भन्ने चिन्ताले समस्या बढाउँछ। शीघ्र स्खलनको समस्या कम गर्न आफैंले अवलम्बन गर्न सकिने केही उपाय छन् त्यसका बारेमा छोटकरीमा चर्चा गरौं।

यौनसम्पर्क रोक्ने सुरु गर्ने स् यौनसम्पर्कका क्रममा स्खलन होला जस्तो भएपछि तुरुन्तै लिङ्ग योनिबाट बाहिर झिकेर केही वेर यौन क्रिडालाई नै रोक्ने र यौन उत्तेजना केही कम भएपछि पुनस्सुरु गर्ने।

आशन परिवर्तन गर्ने लोग्नेमान्छे माथि र महिला तलको सट्टा महिलामाथि बसेर सक्रिय भै यौन सम्पर्क गरे शीघ्रस्खलन कम गर्न मद्दत पुग्छ।

लिंग अँठ्याउने स्खलनहोला जस्तो भएपछि तुरुन्तै लिंग योनिबाट बाहिर झिकेर लिङ्गको फेदलाई बेस्सरी अठ्याउने र वीर्य स्खलन हुन नदिने। यौन उत्तेजना केही कम भएपछि पुनस् यौनक्रिडा सुरु गर्ने।

कन्डमको प्रयोग गर्ने कन्डमको प्रयोगबाट पनि कतिपयलाई शीघ्र स्खलनको समस्या कम गर्न मद्दत पुगेको छ। यस्तो बेलामा चिप्लो पदार्थ कम भएको तथा बाक्लो किसिमको कन्डमले बढी फाइदा पुर्‍याउँछ।

मांसपेशीको प्रयोग गर्ने पिसाब आउँदा रोक्न प्रयोग गरिने मांसपेशीको कसरत गरेर वीर्य स्खलनलाई रोक्ने अभ्यास गर्न सके पनि फाइदा पुग्छ।

त्यसैगरी हस्तमैथुन गर्ने र वीर्य स्खलन होला जस्तो भएपछि रोक्ने र उत्तेजना केही कम भएपछि पुन: हस्तमैथुन सुरु गर्ने र वीर्य स्खलन होलाजस्तो भए रोकेर यो प्रक्रिया दोहोर्‍याउने९तेहेर्‍याउने। वीर्य स्खलनलाई राम्ररोसँग नियन्त्रण गर्न सक्छु जस्तो लागेपछि यौनसम्पर्करहित यौन क्रियाकलापमा संलग्न हुने र स्खलन होलाजस्तो भए रोक्ने र उत्तेजना केही कम भएपछि पुनस् सुरु गर्ने। पछि वीर्य स्खलनलाई पर्याप्त नियन्त्रण गर्न सक्छु जस्तो लागे पछि माथि भनिएजस्तै पहिले यौन साथी बढी सक्रिय हुने गरी यौन सम्पर्क गर्ने। अनि वीर्य स्खलन नियन्त्रण गर्न सकिने स्थिति वा क्षमतालाई हेर्दै विविध तरिका अवलम्बन गर्दै यौनसम्पर्कलाई अघि बढाउने। यसमा समय र धैर्यता निकै लाग्ने र श्रीमतीको सहयोग पनि महत्वपूर्ण हुने कुरा राम्रोसँग बुझ्नुपर्छ।

कसरी पार्टनरलाई सेक्सका निम्ति तयार गर्ने ?
त्यसोत प्रेमलापका निम्ति न त कुनै समय हुन्छ न त कुनै नियम । प्रेम गर्नेहरु सारा संसार बिर्सेर प्रेम गर्छन । एकापसमा आलिंगन गर्ने प्रेमीहरुले यो पनि विचार गर्दैनन् कि उनिहरु कहां छन् । अर्को तर्फ प्रेमलाप गर्नेहरु सेक्ससंग जोडिएको कुनैपनि काईदा कानून मान्दैनन् । तर धेरै पटक यस्तोपनि हुन्छ कि सेक्सको चाहना सहयात्री साथीको अनिच्छालॆ पूर्ण नहुन सक्छ । त्यसैले पार्टनरलाई सेक्सका लागि कसरी तयार पार्ने भन्ने विषयमा गंभीरतापूर्वक चिन्तन गर्नु उपयुक्त हुन्छ । यौन क्षमता बृद्धिका लागि धेरै काईदाहरु छन् । यसको निम्ति व्यक्तिलाईपरिस्थिति अनुरुप केहि यस्तो काईदाहरु अपनाउनु राम्रो हुन्छ जसबाट साथी खुशी भएर सेक्सका निम्ति तयार होउन् ।
यहां त्यस्ता केहि काईदाहरु बताईएको छ-
१. खानपिन पछि दुबै जना एकार्काको समीप आउने प्रयत्न गर्नुस् ।
२. आफ्नो पार्टनरको गर्दनमा चुम्नुस् ।
३. यदी प्रेयसी खाना तयार गर्दैछिन भने उनको पछि गएर उनलाई आिलंगनमा लिनुस र उनको गला र कांधमा चुम्नुस् ।
४. सेक्स गर्नु भन्दा पहिले दुबैले संगै नुहाउनुस र मसिनो स्वरमा आफ्नो प्रेमको प्रस्ताब गर्नुस् ।
५. आफ्नो सहयात्री पार्टनरलाई हल्का साबुन या तेलले मालिस गर्नुस । यस्को सुगन्धले वातावरणमा उत्तेजना ल्याउछ ।
६. उनलाई आफ्नो शरीरमा लपेटेर सुत्नको निम्ति आमन्त्रण गर्नुस् र भन्नुस म तिम्रो नजिक आउन चाहन्छु ।
७. आफ्नो पार्टनर साथीको जुन हात जसरी समाते पनि समात्नुस तर पुरा आत्मविश्वासका साथ समात्नुस् ।
८. आफ्नो पार्टनरलाई नम्रतापूर्वक आिलंगन गर्नुस र उनको आंखामा आंखा मिलाएर एकटक उनको आंखामा हेरिरहनुस् ।
९. केहि यस्तो नयां कुरा गर्ने प्रयास गर्नुस तपाईको साथीलाई त्यस्को कल्पना नै नहोस् ।
गरमा गरम सहवासका लागि उपरोक्त कुराहरुमा अवश्य ध्यान दिनुस् । यसले तपाईको सेक्स लाईफ निकै राम्रो हुन्छ । यो मान्नस कि यदि तपाईको सेक्स जीवन सफल छ भने तपाईको जीवनका समस्याहरुबाट पुरा दृढताकासाथ जुध्न सक्नुहुन्छ र तपाई तमाम् दिक्दारी माथि विजय प्राप्त गर्न सक्नुहुन्छ ।

कसरी गर्ने सेक्स ?

तपाईंलाई फेमिली थेरापिस्ट भन्दा रहेछन् मनोविज्ञानभित्र फेमिली थेरापी कहाँ पर्दो रहेछ ?मनोविज्ञान बृहत् विषय हो । संसारमा भएका सबै परिवर्तन मानव मनोविज्ञानद्वारा सम्भव भएको हो भन्दा फरक पर्दैन । त्यही मानवको एउटा महत्वपूर्ण पाटो उसको परिवार हो । एउटा मानिसको मनोविज्ञानले परिवारमा कसरी समस्या आउँछ र त्यसलाई कसरी समाधान गर्ने भन्ने विषय फेमिली थेरापीअन्तर्गत पर्छ । अर्थात्, तपाईंको परिवारका सदस्यमा कुनै समस्या छ भने त्यो समस्याको समाधान फेमिली थेरापिस्टले गर्न सक्छ ।

तपाईंसँग उपचारका लागि धेरै जोडी आउने गरेको थाहा पाएँ, जोडीका मुख्य समस्याहरू के-के रहेछन् ?पुरूष होस् वा महिला, सुरुमा उहाँहरु आफ्नो पार्टनरको फलानो स्वभाव ठीक छैन, चिलानो व्यवहार राम्रो गर्दैनन् भनेर समस्या लिएर आउँछन् । कुरा गर्दै जाँदा मूल कुरा सेक्समा गएर अड्किन्छ ।

अर्थात्, कुनै पनि युगल जोडीमा केही समस्या छ भने कुनै न कुनै रूपमा त्यो समस्याको जड सेक्ससम्बन्धी उनीहरुको धारणा र व्यवहारमा प्रकट हुने गरेको मैले पाएँ । सेक्सकै कारण समस्या आएको जोडी कति पाउनु भयो, प्रतिशतमा भन्न सकिन्छ ?९९ सय प्रतिशत । कुनै जोडी प्रारम्भदेखि नै खुसी छैनन्, वास्तवमै उनीहरूको विवाह इच्छा विपरीत भएको थियो भने बेग्लै कुरा हो, नत्र पछि युगल जोडीमा जति समस्या आउँछन्, त्यसमा कुनै न कुनै रुपमा यौन जोडिएकै हुन्छ । विश्वस्तरका अध्ययनले पनि यही भन्छ, मेरो प्राक्टिसमा पनि यही पाएकी छु ।

केही उदाहरण दिन सकिन्छ ?

धेरै जोडी विवाहको ५-७ वर्षपछि मकहाँ समस्या लिएर आउँछन् । त्यो बेला उनीहरुको सम्बन्ध लगभग टुटिसकेको हुन्छ । एक अर्कामा दोषारोपण गर्दा उनीहरू घर ढिला आउने, रक्सी खाने, समय नदिने अथवा श्रीमतीले किचकिच गर्ने, अनावश्यक खर्च गर्ने भनेर दोष लगाउँछन् । तर विवाहको पहिलो वर्ष त्यही व्यवहार किन नराम्रो लागेन भनेर प्रश्न गर्‍यो भने उनीहरु मौन रहन्छन् । पहिलो वर्ष उनीहरुलाई त्यही व्यवहार नराम्रो लाग्दैन, कारण उनीहरूको यौनसम्बन्ध त्यसबेला अहिलेको तुलनामा धेरै राम्रो हुन्छ । त्यो बेला एक अर्कालाई समय दिएका हुन्छन्, उनीहरूको रुप र व्यक्तित्वको बखान भएको हुन्छ । जसै विवाह पुरानो हुँदै जान्छ, ती क्रियाकलापमा कमी आउँछन्, अनि सम्बन्ध बिग्रन थाल्छ ।

नेपालीहरूको यौन क्रियाकलाप कसरी हुँदोरहेछ, समस्या के पाउनु भयो ?

सामान्यतया नेपालीहरुलाई सेक्स गर्न आउँदैन । सेक्स भन्नेबित्तिकै नेपालीको मनमा पुरूष लिङ्ग महिलाको योनीमा प्रवेश गर्ने भन्ने कुरामा मात्र फोकस हुन्छ । जब कि यौनमा त्यो अन्तिम कुरा हो । त्यसअघि धेरै भन्ने कुरा, व्यवहार गर्ने कुरा, आकर्षण गर्ने कुरा यौनभित्र पर्छन् । त्यसबारे धेरैले ध्यान दिँदैनन् । मुख्य कुरा सेक्समा पुरूष हावी हुने गरेका छन् । अनि महिलाले पनि पुरूषका लागि आफूले सेक्रिफाइस गरेको ठान्छन् । समस्या यहीँबाट सुरू हुन्छ । वास्तवमा सेक्स कसका लागि, केका लागि भन्ने कुरा हामी प्रस्ट छैनौँ ।

नेपाली महिलाहरू सेक्समा रमाउन नसक्नुको कारण के पाउनु भयो ?

उनीहरुलाई सानैदेखि कुनै न कुनै रूपमा सेक्स खराब कुरा हो भनेर सिकाइएका हुन्छ । विवाहअघि सेक्स गर्नुहुँदैन, परपुरूषसँगको सम्बन्ध पाप हो, पुरूषहरुको काम नै महिलालाई भोग्ने हो भन्नेजस्ता कुरा सुन्दा-सुन्दा सेक्स मेरो पनि आवश्यकता हो, त्यसमा मेरो सक्रिय सहभागिता हुनुपर्छ भन्ने कुरा नै ओझेलमा पर्छ । पढेलेखेका महिलाहरुलाई सेक्सको बारेमा धेरै ज्ञान छ भन्ने लाग्न सक्छ, तर अचेतन मनमा गढेका यस्ता कुराले उनीहरु खुलेर रमाइलो गर्न सक्तैनन् । तपाईंले कतिपय महिलाहरू सेक्सका बेला नाङ्गै हुन सक्तैनन्, बत्ती बालेर सेक्स गर्न मान्दैनन् भन्ने कुरा सुन्नुभएको होला । यसको मूल कारण नै उनीहरुमा सेक्सप्रति भएको वितृष्णा हो । जब कि नाङ्गो हुनु सेक्सका लागि अनिवार्यजस्तै हो ।

नेपालका शहरी क्षेत्रमा महिला-पुरुष सेक्समा उदार हुँदैछन्, यससँगै सेक्समा विभिन्न प्रयोग भएको सुन्न पाइन्छ, यसलाई कसरी लिनु भएको छ ?शहरमा सेक्स टोयका सामग्री बेचविखन हुन थालेका छन् । प्रारम्भमा मलाई पनि सेक्स टोयमा युवा वर्ग मात्र जान्छन् कि भन्ने लागेको थियो, तर एक साताको अध्ययनमा के पाइयो भने सेक्स सपमा सबै वर्गका मानिस जाने रहेछन् । यसले नेपाली समाज सेक्समा उदार हुँदै गएको देखिन्छ । यद्यपि कस्तो सेक्स राम्रो वा नराम्रो भन्ने कुरा दुई जनाबीचको यौन व्यवहारले छुट्याउने कुरा हो । यौन क्रियाकलापका बेला दुवै जना पूर्ण सन्तुष्ट हुन्छन् भने त्यो क्रियाकलाप अरूका लागि अप्राकृतिक भए पनि राम्रो, सन्तुष्ट छैनन् भने हामीले भनेको प्राकृतिक पनि नराम्रो ।

अहिले गुदा मैथुन, मुख मैथुनको कुरा पनि धेरै हुन थालेका छन्, तपाईंको अध्ययनमा के पाउनु भयो ?
विदेशमा विशेषगरी शिक्षित जोडीहरू सेक्समा समान सहभागिता खोज्छन् । कुनै पुरूषलाई मुख मैथुन रमाइलो लाग्छ भने त्यहाँ महिलाले पनि आफूलाई त्यही रुपमा आफ्नो सन्तुष्टिको आधार खोज्छिन् । यही कारण महिलाहरु पनि त्यति नै रमाइलो मान्छन् । नेपालमा भने महिलाहरुले आफ्नो सन्तुष्टिको अधिकारबारे त्यति सचेत छैनन् । आफ्नो पार्टनरले मुख मैथुन वा गुदा मैथुनको कुरा गर्‍यो भने आफू जबरजस्तीमा परेको अनुभव गर्छन् । त्यसमाथि उनीहरुको मनमा सेक्स भन्नेबित्तिकै पुरूष लिङ्ग महिला योनीमा जाने कुरा मात्रै मनमा गढेको छ । सेक्समा मन नमिल्नु वा सेक्सप्रति दुवैको एकनासको शिक्षा नहुनु नै समस्याको कारण हो । किशोरीहरूमा हिस्टेरिया भन्ने एउटा परम्परागत रोग देखिन्छ, यसको कारण यौन असन्तुष्टि भन्ने गरिएको छ, खासमा यो के हो ?

किशोर वयमा अचानक बेहोस हुने वा अन्य क्रियाकलाप देखाउने रोग भएकाले हिस्टेरियालाई यौनसँग जोडिएको हो । वास्तवमा यो यौनसँग सम्बन्धित हुन पनि सक्छ, नहुन पनि सक्छ । आजभोलि यसलाई कन्भर्जन डिसअर्डर भनिन्छ । पहिलो हिस्टेरिया भएका युवतीलाई विवाह गरिदिँदा यो रोग हराएको पाइयो । कुनै रोग विवाहपछि निको भएको देखेपछि यो यौन असन्तुष्टिसँग सम्बन्धित हो भन्ने व्याख्या गरियो । आजभोलि यौन असन्तुष्टि मात्रै यसको कारण मानिएको छैन, जुनसुकै तनावका कारण पनि हिस्टेरिया हुन सक्छ ।

विवाहको केही वर्षपछि पुरुषहरू आफ्ना श्रीमतीको यौन चाहना कम भएको भन्ने गर्छन् । उनीहरू परस्त्री गमन गर्न थाल्छन्, फलस्वरूप परिवार विखण्डनको अवस्था आउने गरेको छ । यसको खास कारण के हो ? विवाहको पहिलो वर्ष महिलाहरु पुरूषप्रति जति समर्पित हुन्छन्, त्यो समर्पण सन्तान जन्मिएपछि कम हुँदै जान्छ । उनीहरूको ध्यान आफ्नो श्रीमान्भन्दा छोरा-छोरीप्रति जान्छ तर पुरूषले श्रीमतीबाट त्यही व्यवहार चाहन्छ । त्यो नपाएपछि उसले बाहिर आँखा लगाउन थाल्छ । मसँग आउने धेरै समस्या पनि यसैसँग सम्बन्धित छन् । पारिवारिक समस्याको मूल जरो कतै न कतै यौनसँग सम्बन्धित हुन्छ भन्ने मलाई लाग्न थालेको छ ।

नेपालमा एकथरि महिला छन्, जसका लागि यौन लाजको विषय हो । तर अर्काथरि महिला यस्ता पनि छन्, जो खुला रूपमा सेक्सका कुरा गर्छन् र आफ्नो स्तन नै आकर्षणको केन्द्र भन्छन्, यसलाई कसरी लिनुहुन्छ ? धेरै महिलाका लागि यौन लाजको विषय हो तर लाजको विषय भन्दैमा उनीहरु त्यसलाई प्रकट गर्दैनन् भन्ने होइन । राम्रो गाजल लगाएर वा चिटिक्क परेर आफ्नो यौनिकता प्रदर्शन गरिरहेका हुन्छन् । मानिस कुनै न कुनै रुपमा आफ्नो चाहाना प्रकट गरिरहेको हुन्छ । मेरो विचारमा कसैले आँखामा गाजल लगाउनु र कसैले आधा स्तन खुला छाड्नुमा खासै भिन्नता छैन । दुवैले बाहिरी मानिसलाई आफूतिर आकषिर्त गरिरहेका छन् ।

यहाँ महिला मात्र होइन, पुरूषले पनि  दारी पालेर होस् वा आफूलाई सफाचट राखेर होस्, आफ्नो यौनिकता प्रदर्शन गरिरहेको हुन्छ । आज तपाईंको पत्रिका सबैले पढ्छन्, किन ? किनभने सबैलाई थाहा छ, यहाँ कुनै न कुनै रुपमा आफ्ना मनभित्रका कुण्ठा, समस्या वा गोप्य कुरा राखिएका हुन्छन् । यौन भनेकै यस्तो कुरा हो, जो कसैले प्रकट गरोस् वा नगरोस्, सबैको आवश्यकताको कुरा हो, प्रकट गर्ने तरिका मात्रै फरक हो । रेखा थापाले कम वस्त्र लगाउँछिन्, त्यसकारण उनी सबैभन्दा बढी यौनेच्छा भएकी महिला हुन् र गाउँले युवती लजाउँछिन्, त्यसैले उनमा यौन इच्छा छैन भन्ने होइन ।

यति हुँदाहुँदै पनि नेपालीहरू किन यति हिप्पोक्र्याट भएका ?
किनभने हामीमा यौनका विषयमा शिक्षा नै भएन । आमाले हुर्कंदै गरेकी छोरीलाई, बुबाले उमेर बढ्दै गएको छोरासँग यौनका बारेमा खुलेर कुरा गरेनन् । उनीहरूले यसलाई लाजको विषय भने । शिक्षक-शिक्षिकाले पनि त्यसलाई गोप्य भनिदिए । यसरी जोबाट यौनका विषयमा खुलेर कुरा आउनु पर्ने हो, उनीहरुबाट नै गलत भनेर लान्छना लगाएपछि विचरा यौन कलङ्कित हुने नै भयो । म सभ्य छु भन्नेहरूले यसलाई नराम्रो भन्न बाध्य भए । यो हाम्रो शिक्षाको दोष हो, हाम्रो संस्कारको दोष हो । 

अहिलेको नयाँ पुस्ता घरमा यौनलाई गलत भनेको सुन्छ, तर इन्टरनेट र साथीभाइका माध्यमबाट सबै कुरा सिकिसक्छ, यस्तो अवस्थालाई कसरी मिलाउने ? यो गम्भीर अवस्था हो । बाहिरबाट आएको ज्ञान खराब पनि हुन सक्छ । घरबाट, विद्यालयबाट उचित तवरले यसलाई सिकाउँदै लैजाने हो भने मानिसले सही ज्ञान पाउँछ, नत्र विकृत व्यक्ति जन्माउँछ । धेरै वर्षअघि हामी केही मनोवैज्ञानिकहरूले थाइल्याण्डमा यही विषयमा चर्चा गरेका थियौँ । अहिले त्यो अवस्था प्रत्येक दिन बढिरहेको छ

प्रतिकृया दिनुहोस