३२३ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ४ हजार ८५

Corona test logo

काठमाडौं । थप नेपालमा ३ सय २३ जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वोर गौतम अनुसार सोमबार २ सय ९२ जना पुरष र ३१ जना महिलाका कोरोना पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ रहेको छ ।

३ हजार ७ सय ९८ पुरष रहेका छन् भने २ सय ८७ महिला रहेको गौतमले जानकारी दिएका छन् ।

हालसम्म ५ सय ८४ जना निको भएर घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा ९६ जना डिस्र्चाज भएका छन् । जसमध्ये ८ जना महिला र ८६ जना पुरुष रहेको मन्त्रालयले जनकारी दिएका छ । निको हुनेमा ५ सय ०७ जना पुरुष र ७७ जना महिला रहेका छन् ।

पछिल्लो ४२ घण्टामा ५ हजार ३ सय ४३ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

नेपालमा अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । त्यसैगरी १ लाख ६६ हजार १ सय ५८ जनाको आरडिटी विधिबाट परीक्षण गरिएको छ ।

देशभर १ लाख ६५ हजार ७ सय ७५ जना क्वारेन्टाइनमा रहेका छन् भने ३ हजार ४ सय ८७ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यस्तै कोरोना भाइरसको संक्रमणबाट १४ जनाको मृत्यु भएको छ ।

 

प्रतिकृया दिनुहोस