सोमबार बिहानै थपिए ८ कोरोना संक्रमित

Corona test logo

वीरगञ्ज : पर्सामा सोमबार बिहान थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ८ जनामा संक्रमण पुष्टि भएको हो ।

गण्डक कोभिड अस्पतालका को–ओर्डिनेटर डा. उदयनारायण सिंहका अनुसार संक्रमण पुष्टि भएका सबै जना जगरनाथपुर गाउँपालिका ६ का बासिन्दा हुन् ।

संक्रमित हुनेमा २५ वर्षकी एक महिलासहित २०, २५, २७, ३०, ५५ वर्षका पुरुष तथा ३५ वर्षका दुई जना पुरुष रहेका छन् ।

भारतबाट आई सन्ठी क्वारेन्टिनमा बस्दै आएका ३३ जनासहित उनीहरुको सम्पर्कमा रहेका एक जना गरी कुल ३४ जनाको गत शुक्रबार स्वाब संकलन गरिएकोमा ८ जनामा संक्रमण पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।

संक्रमित ८ जनालाई क्वारेन्टिनबाट गण्डक कोभिड अस्पताल ल्याउने तयारी भइरहेको उनले बताए ।

१५ दिन अघि उनीहरु भारतको केरला, लुधियानालगायतका स्थानबाट मजदुरी गरी नेपाल फर्किएका थिए । इनर्वा नाका हुँदै नेपाल फर्किएका उनीहरुलाई सुरक्षाकर्मीको सहयोगमा सन्ठीस्थित श्री नेपाल राष्ट्रिय माविको क्वारेन्टिनमा राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक पर्वेन्द्र साहले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...